मुश्लिमबाट पहिलाे डाक्टर हुने सुमिना खातुन


प्रकाशित मिति :2016-11-17 11:07:41

यमुना खनाल 

dr-sumina-1

सिराहा। लहान अस्पतालमा पहिलो पटक महिला मेडिकल अधिकृत सुमिना खातुन आएकी छन्। सुमिना खातुन मुस्लिम समुदायबाट मेडिकल अधिकृत गर्ने सिरहाको पहिलो मुस्लिम महिला हुन्।

सुमिना लहान अस्पतालमा आएको पाँच महिना भयो। पढाई सकरे उनको जागिरे जीबन पनि लहान अस्पतालबाटै शुरु भयो। लहान अस्पतालमा सुमिनासहित अरु तीन जना पुरुष मेडिकल अधिकृत पनि कार्यरत छन्। उनीहरूलाई डाक्टरसाव भन्नेहरूले उनलाई भने डाक्टर भनेर कसैले नपत्याउने सुमिना बताउँछिन्।

सुमिना भन्छिन् ‘हामी सवै बिरामी जाँच्न लहरै बसिरहेका हुन्छैा, मसँग प्राय विरामीले प्राय जाँच गराउँदैनन् ,गराएपनि उनीहरू सन्तुष्ट हुँदैनन्, कोही कोही बिरामी आउँछन् जाँच्छु,औषधी लेखिदिन्छु अनि अब कुन डाक्टरकोमा जाने भनेर बिरामीले सोध्छन्, तर पुरुष डाक्टरलाई चाही यो कुरा सोध्दैनन्, म नै हो डाक्टर भनेपनि पुन पुरुष डाक्टरलाई सोध्न जान्छन् यस्तो देख्दा बेकार डाक्टर पढेछु जस्तै लाग्छ’ सुमिनाले गुनासो गरिन् ।

‘डाक्टर बनेर बिरामीको सेवा गरौंला भन्ने सपनाले डाक्टर पढें, तर आफूले गरेको कामले आफ्नै पहिचान र सम्मान दिएन भने के काम गर्नु जस्तो लाग्छ’ उनी थप्छिन् ।

त्यत्रो मिहिनेत गरेर एमबिबिएस पढेर जीबनको अमुल्य समय गएको उनलाई लाग्न थालेको छ। कसैले डाक्टर भनेर नपत्याउँदा साह्रै नराम्रो लाग्ने गरेको अनुभव सुमिना सुनाउँछिन्।

“म अस्पतालमा महिला डाक्टर एक्लै छु ,चारजना पुरुष डाक्टर छन्। सबैले सहयोग गर्छन्, सबै सहयोगी छन्। गाह्रो त केही भएको छैन। गाह्रो हुँदा सबै डाक्टरले मेरो सहयोग गर्छन्’ उनले भनिन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: