याैन हिंसा गर्नेलाई कार्वाही गर्न कठिनः गृहमन्त्री


सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने प्रबृत्तिले नियन्त्रण चूनौतिपूर्णः प्रहरी महानिरीक्षक

प्रकाशित मिति :2016-11-17 12:13:43

महिला खबर
upendra-kanta-aryalललितपुर। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले महिलामाथि हुने यौन हिंसा ज्यादै गम्भीर अपराध भएपनि यसका अपराधीलाई कार्वाही गर्न नसकिरहेको स्वीकार्नुभएको छ। महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय र साथी संस्थाले आयोजना गरेको यौन हिंसा रोकथाम विषयक राष्ट्रिय कार्यशालामा बोल्दै गृहमन्त्री निधीले यस्तो गम्भीर अपराध पनि बाहिर आउन नसकिरहेको र आएपनि अपराधीलाई कार्वाही गर्न निकै कठिन भइररहेको औंल्याउनुभयो।

उहाँले भन्नुभयो ‘यौनहिंसालाई अपराध मानेर कार्वाही गर्ने कानुन छ, तर यसको प्रयोग गर्न सकिएको छैन।’ यसलाई नियन्त्रण गर्न राजनीतिक नेतृत्व र राज्यका सवै संयन्त्रले कानुन कार्यान्वयन गर्न र आम नागरिकलाई सचेतना जगाउन लाग्नुपर्ने उहाँको भनाइ थियो। उहाँले किशोरकिशोरीलाई आफ्नो शरीरका बारेमा ज्ञान दिने र प्रयोगको अधिकारकाबारेमा सचेतना जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो। योन हिंसा नियन्त्रण निकै चुनौतिपूर्ण भएपनि अपरिहार्य भएको उहाँले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले यौन हिंसालाई सामाजिक प्रतिष्ठासँग जोडेर हेर्ने प्रबृत्तिमा कमी नभएसम्म यसको नियन्त्रण चूनौतिपूर्ण रहेको बताउनुभयो। उहाँले समाजका प्रतिष्ठितहरू नै यस्तो गम्भीर अपराधलाई मेलमिलाप गराउन अग्रसर हुने गरेको तथ्य औल्याउँदै मुद्दा दर्ता भइहाले पनि पीडितलाई दिइने धम्की, डर त्रासका कारण घटना ‘होस्टाइल’ हुने गरेको अनुभव उहाँले सुनाउनुभयो। प्रहरी यस्ता गम्भीर खालका हिंसा र अपराध नियन्त्रयामा प्रतिवद्ध रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयूक्त कृष्णहरि बास्कोटाले महिलाहरू सूचनाको अभावमा हिंसापीडित भइरहेका बताउनुभयो। उहाँले धेरै महिला आफ्ना लागि बनेका कानुन र राज्यले दिएका सुविधाका बारेमा अनभिज्ञ हुँदा उनीहरू हिंसा सहेर बस्न बाध्य भइरहेको उहाँको भानाइ थियो। उहाँले कसैले पनि हिंसा सहेर बस्न नहुन भन्दै अन्यायविरुद्ध बोल्न सवैलाई आव्हान गर्नुभएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: