सोह्र दिने अभियानको तयारी


प्रकाशित मिति :2016-11-17 15:35:12

सुमित्रा कोइराला

उदयपुर । उदयपुरमा महिला हिंसाविरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । अन्तर्राष्ट्रियस्तर मै महिला हिंसाविरुद्ध नोभेम्बर २५ अर्थात मंसिर १० गतेदेखि १६ दिनसम्म लैङ्गिक हिंसाविरुद्धको अभियानलाई एकदिनमा मात्र सिमित नराखी १६ दिनसम्म मनाउने गरिएको छ । सोही अनुरुप नेपाल सरकार र बिभिन्न संघ संस्थाले महिलाविरुद्धका हिंसा जन्य गतिविधि अन्त्यका लागि १६ दिनसम्म विभिन्न दबाव तथा चेतनामुलक कार्यक्रमको आयोजना गरि मनाउने गर्छन् ।

पाँच वर्षअघि समुदायस्तरदेखि महिला हिंसाविरुद्ध आवाज उठाउन तथा महिला हिंसाविरुद्ध शुन्य सहनशीलता कायम गर्न महिला मानव अधिकार रक्षकहरूको नेतृत्वमा महिला हिंसाविरुद्धको सयदिने अभियान संचालन गरिएको थियो ।

उदयपुरमा लैगिक हिंसाविरुद्धको १६ दिने अभियानमा विभिन्न रचनात्मक कार्यक्रम गर्नका लागि महिला विकास अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय संयोजन समिति गठन गरिएको छ । लैङ्गिक हिंसा संयोजन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेको अध्यक्षतामा २९ गते बसेको बैठकले समिति गठन गरेको हो । समितिमा महिला पुनस्र्थापना केन्द्र (ओरेक) प्रहरी महिला सेल, अन्य स्थानिय गैरसरकारी संस्था सदस्य छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: