यौन हिंसा : पीडित नै लुकाउँछन् अपराध


प्रकाशित मिति :2016-11-17 16:33:17

पीडित र परिवारमाथि सामाजिक लान्छाना र मनोवैज्ञानिक तथा शारिरीक असुरक्षा आउने ठानेर शिक्षित र चेतनशील भनिनेहरू नै यौन दुर्व्यवहार जस्तो गम्भिर ज्यादती लुकाउन खोजिरहेका हुन्छन् । गएको सोमबार ललितपुरमा भएको घटना यसको एउटा उदाहरण हो ।

दुर्गा कार्की

pic-dयो हप्ता काठमाडौंमा दुईवटा यौन हिंसा र बलात्कारका घटना सार्वजनिक भए । गएको सोमवार लगनखेलको एउटा विद्यालयका लेखापालले स्कुलका बालिकामाथि गर्दै आएको यौन दुर्व्यहार र सीता पाइलामा एक १० वर्षीया बालिका बलात्कारको घटना । ललिपुरको घटनाले प्रहरीलाइ पनि सास्ती भयो । सोमवार विद्यालय खुल्नेवित्तिकै अभिभावकहरू स्कुल आए र अपराधीलाई कार्वाहीको माग गरे । आफ्ना नानीहरूलाई सात महिनादेखि स्कुलका लेखापालले यौन दुर्व्यवहार गर्दै आएको कुरा खुलेपछि अभिभावक स्कुल आए । प्रहरी पनि पुग्यो । भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपर्‍यो । प्रहरीले आरोपीलाई नियन्त्रणमा लियो ।

ललितपुरमा एक शिक्षकद्वारा आठजना बालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा

तर, दिउसोतिर घटनाले एकाएक नयाँ मोड लियो । बालिकाका अभिभावक अनौठो ढंगले पछि हटे । संचारमाध्यममा विहान घटनाका बारेमा सवै यथार्थ भनेका उनीहरू दिउँसो बोल्न मानेनन् । यतिसम्मकी ती लेखापालविरुद्ध ती अभिभावक जाहेरी दिन नआउँदा प्रहरीलाई समेत समस्या पर्यो । नानीहरूको स्वास्थ्य जाँचका लागि प्रहरीले पटकपटक अभिभावकलाई अनुरोध गर्दा अभिभावकले पठाएनन् । जाहेरी दिन आउन पटक पटक प्रहरीले अनुरोध गर्दा जम्मा दुईजना अभिभावकमात्रै साँझ तयार भए ।

समाचारका लागि प्रहरीलाई हामीले फोन गर्दा समेत बालिकाका अभिभावकलाई सम्झाइदिन हामीलाई प्रहरीले भनिरहेका थिए । यस्तो किन भयो ? विहान आक्रोसित अभिभावक दिउँसोसम्ममा किन एकाएक शान्त भए ? बुझिए अनुसार, उनीहरूले एकाएक सम्झे आफ्नो सामाजिक प्रतिष्ठा, आफ्ना नानीहरूमाथि आउने लाञ्छाना र उनीहरूको असुरक्षा ।

बालिकाहरूमाथि भएको यौन दुर्व्यवहारविरुद्ध प्रहरीमा जाहेरी

कात्तिक १४ गते लक्ष्मी पुजाका दिन सितापाइलाकी एक १० वर्षीया बालिकालाई ५० वर्षीय पुरुषले बलात्कार गरे । पीङ खेलाइदिन्छु भनेर सीतापाइलाको जन उद्दारमाविमा लगेर ती पुरुषले बालिकालाई बलात्कार गरेका थिए । ती बालिकाकी आमा टेम्पु चलाउँछिन् र बाबु बैदेशिक रोजगारीमा छन् । यो घटना मिलाउन ३० लाख रुपैयाँको प्रलोभन देखाइएको स्थानीयले बताएका छन् । यद्यपी पीडकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भइसकेको छ ।

गत साउनमा थानकोट निवासी एक महिलाले मलाई फोन गरिन् । उनले भनिन् ‘हामीलाई छोरी जोगाउन मुश्किल भयो लौन सहयोग गरिदिनुपर्‍यो ।’ उनका अनुसार थानकोटमा केही समयदेखि बलात्कारका घटना भैरहेका छन् । स्थानीय एक बालिका बलात्कार भएको घटनाको समाचार लेखिदिन उनले अनुरोध गरिन् तर, बालिकाका अभिभावकले मानेनन् । मिलाउन व्यापक दवावका बीच यो मुद्दा जिल्ला अदालत काठमाडौंमा पुगेको हो ।

बलात्कारविरुद्ध थानकोटवासी सडकमा 

बलात्कार व्यापक भएपछि थानकोटबासीले स्थानीय एउटा संस्थाको सहयोगमा यौन हिंसाविरुद्ध जुलुश प्रर्दशन गरेका थिए ।
यी शहरका घटना हुन् जहाँ शिक्षित र चेतनशील मानिस बसोबास गर्छन् भन्ने विश्वास गरिन्छ । शिक्षितहरू आफू वा आफ्नामाथि भएको हिंसाविरुद्ध आवाज उठाउँछन् र न्यायका लागि बोल्छन् भन्ने मान्यता छ । अशिक्षा र चेतना अभावका कारण महिलामाथि हिंसा भइरहेका छ र ती हिंसाका घटना बाहिर आउन सकेका छैनन् भनेर बारम्बार हामीले सुन्दै आएका छौं । तर शिक्षित र चेतनशीलहरू पनि बाहिर आउन, अन्यायविरुद्ध लड्न र दोषीलाई कार्बाहीको दायरामा ल्याउनुभन्दा आफ्नो सामाजिक प्रतिष्ठाका कारण हिंसा लुकाउँदा रैछन् । शिक्षित र चेतनशील भनिनेहरूले पनि पीडितलाई झन पीडित बनाउँदा रहेछन् किनकी आफू र आफ्ना सन्तानमाथि आउनसक्ने सामाजिक लान्छानाबाट डराएर ती अभिभावकले त्यो ज्यादती गुपचुप लुकाउन खोजिरहेका छन् ।

बुधवार ललिपुरमा यौनहिंसा रोकथामका बिषयमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल प्रहरीको महिला बालालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामकुमार खनालले महिलामाथि हुने सवैभन्दा धेरै हिंसा घरेलु रहेको र त्यसपछिको यौन हिंसा रहेको तथ्याङ्क प्रस्तुत गरेे । गत आर्थिक वर्ष २०७२/७३ मा १०९० वटा घटना यौन हिंसाका थिए । यी प्रहरीमा आएका, तर उनका अनुसार समाजमा भइरहेका सबै घटना बाहिर आउँदैनन् । प्रतिष्ठा र सामाजिक लाञ्छानाको डर देखाएर समाजका ठुलाबडा नै यस्ता घटना मिलाउन तर्फ लाग्छन् र प्रहरीलाई पनि यो ठूलो चूनौति भइरहको छ ।

बालिका बलात्कारीविरुद्ध मुद्दा

महिलामाथि हुने सवैभन्दा गम्भीर हिंसा बलात्कार र यौन दुर्व्यहार हो । यसका कारण महिलामाथि ठुलो मानसिक र शारिरीक चोट पर्छ र जिन्दगीभरी यसले उनलाई आघात पुर्‍याउँछ । यस्तो अपराधबाट गुज्रिएकी ती महिलालेे त्यस्तो अपराध कर्म गर्नेलाई दण्डित गरेपछि समेत  पूर्ण न्याय पाएकी हुँदिनन् । अपराधी छाती फूलाएर समाजमै हिंडिरहेको देख्दा उनलाई झन कस्तो हुन्छ ? यो प्रश्न शिक्षित र चेतनशील शहरवासीलाई । खै कहिले हो अन्यायमा हामीले आवाज उठाउने ? कि हामीले अहिले पाइरहेको शिक्षाले हाम्रो चेतनाको ढोका खोल्न कुनै मद्दतै गरेको छैन ?

बुधवारकै कार्यक्रममा शक्तिशाली मानिने गृहमन्त्री विमलेन्द्र निधीले यौनहिंसामा संलग्न अपराधीलाई कार्वाही गर्न सकिएको छैन भनेका थिए । त्यही कार्यक्रममा महिला बालबालिका सेवा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामकुमार खनालले घटना राजनीतिकरण भएर अपराधीलाई कार्वाहीको दायरामा ल्याउन समस्या परिरहेको प्रस्तुति दिएका थिए । महिलामाथि त्यसमा पनि बालिकाहरूमाथि भइरहेको यस्तो गम्भीर अपराधलाई समाजका शिक्षित वर्ग र स्वयं राज्यले किन खेलाँची गरिरहेको छ ? यहि प्रबृत्तिका कारण त हैन पीडित र उनका परिवारले सामाजिक रुपमा यति धेरै असुरक्षित महसुस गर्नु परिरहेको ?

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: