उद्यमी महिलालाई  उद्यम विकासका सामग्री सहयाेग


प्रकाशित मिति :2016-11-18 12:32:41

महिला खबर

धादिङ । गाउँ मै व्यवसाय गरी आम्दानी गरिरहेका नलाङ गाविसका महिला उद्यमीलाई उद्यम विकासका सामग्री र उद्यम विकास भवन हस्तान्तरण गरिएको छ । पाँच लाख रुपैयाँको लागतमा नलाङ गाविसमा निर्मित भवन र होजियारी उद्योगको उपकरण सहितको सामग्री ती महिला उद्यामीलाई  हस्तान्तरण गरिएको हो ।

यसैगरी नलाङ ठाँटीमा रहेको अगरबत्ती उद्योग र सिलाइ उद्योग सञ्चालन साझा सुविधा केन्द्रको भवन तथा उद्योगका सामग्री सहभागी उद्यमीलाई हस्तान्तरण गरिएको छ ।  मौरीपालक किसानले मौरीपालन तालिम लिएपछि व्यवसाय प्रवर्द्धन गरी सो गाविसलाई पकेट क्षेत्र तथा मौरी स्रोत केन्द्रको विकास गर्न नलाङ बैरेनीमा पनि २२ मौरीपालक किसानलाई मौरीसहितको घार पनि वितरण गरिएको थियो

नलाङ गाविसमा तरकारीखेतीमा ३१, कुखुरापालनमा २४, मौरीपालनमा २२, सिलाइ बुनाइमा १७, अगरबत्तीमा १३, होजियारीमा १४, हाउस वायरिङमा तीन, मोबाइल मर्मतमा तीन, फर्निचरमा दुई, ब्युटिपार्लर एक, कम्प्युटर तालिममा एक र धान कुट्ने मिलमा एक गरी १३२ जनालाई प्रशिक्षण दिएर काममा लगाइएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: