नेत्रहीन दम्पत्तीले दिए अरुलाई रोजगारी


प्रकाशित मिति :2016-11-18 14:30:35

पार्वती पाण्डे
कपिलवस्तु । कपिलवस्तुका एक नेत्रविहिन दम्पत्तीले व्यवसाय गरी आफूमात्रै आत्मनिर्भर छैनन् अरुलाई रोजगारी समेत दिएका छन् । व्यक्तिगत सघंर्षको एकदशक पारगर्दा आफ्नो परिवारलाई सम्पूर्ण सेवा सुविधामा राख्ने अठोट र सपनालाई राम किसन र लक्ष्मी चौधरीले पुरा गरे । बाणगंगा कोपवा निवासी ३७ वर्षीय राम किसन चौधरी र उनकी श्रीमती लक्ष्मी दुवैजना दृष्टिविहिन हुन् । २० वर्षको उमेरमा भारतको पञ्जाबमा कामका लागि जाँदा सिलाइकटाइको पाटपुर्जा बनाउने मेसिनको धुलोले रामकिसनले आफ्ना दुवै आँखा पुर्णरुपमा गुमाउनु पर्‍यो । केही महिनामै त्यहाँबाट फर्र्किएपछि गाउँमा चन्दा संकलन गरेर, भएको घर जग्गा धितो राखेर उपचार गराए । त्यो समयमा आफ्नो उपचार गराउन पैसाको अभाव हुँदा आफ्ना दुबै आँखा गुमे । अहिले पैसा भएपनि यी आँखाको उपचार हुँदैन आँखाको मुख्य नली नै सुकिसक्यो ।

उपचार गरेपनि आँखा नदेख्ने भएपछि उनलाई लाग्यो अब मेरो आँखा सन्चो हुन्न भन्ने तब निर्णय गरे हार खाएर जीवनमा उपलव्धी केही हुँदैन । त्यसपछि अगरबत्ति बनाउने तालिम लिने निर्णय उनले गरे ।

नेत्रहिन संघ कपिलवस्तुले १५ वर्ष अगाडि दिएको तालिम दुई दिन नसिक्दै उनमा उर्जा थपियो अब यहि व्यवसायलाई आफ्नो लक्ष्य बनाउँने । त्यही तालिममा उनको भेट लक्ष्मी चौधरीसँग भयो । लक्ष्मी जन्मैदेखि दृष्टिविहिन हुन्, तर हल्का कता कता मान्छेको अनुहार छाया जस्तो देख्ने उनी बताउँछिन् ।

सोही तालिमकै अवधीमा उनीहरूको बिहे भयो । लक्ष्मीका सासुससुरासहित अहिले उनीहरूको ६ जनाको परिवार छ । उनीहरूका दुई छोराछोरी नजिकैको बोर्डिङ स्कुलमा पढ्छन् ।

‘अहिले म यो व्यवसायबाट पुर्ण रुपमा सन्तुष्ट छु, बुवाआमा र श्रीमतीको पुर्णसाथ छ, घरमा सबैले अगरबत्ति बनाउने काम गर्छौं’ रामकिसन हसिलो मुहार लगाउँदै भन्छन् । उनले परिवारसहित अन्य ७ जनालाई रोजगार समेत दिएका छन् । ‘सम्पूर्ण खर्च कटाएर महिनाको १२ देखि १५ हजार रुपैयाँ चोखो बचाउँछु’ रामकिसन भन्छन् ।

अगरबक्तिको व्यवसाय सुरु गरेको डेढ बर्षपछि उनले मैनबत्ति बनाउने तालिम पनि लिए । अनि मैन बत्ति पनि बनाउन लागे । अहिले अगरबत्ति, मैनबत्तिसँगै दालमोट, पुजापाठका सामग्री पनि बिक्री गर्दै आएको लक्ष्मी बताउँछिन् । १७ वर्ष अघिको आफ्नो परिवारको स्थिति सम्झेर अहिलेपनि उनी भावविव्हल हुन्छन् । उनी र श्रीमती लक्ष्मीको रातदिनको मेहनतले यो परिवर्तन आएको उनी भन्छन् ।

यही व्यवसायबाट उनीहरूले पक्कि घर बनाए । घरमा सोलार छ । बजारसम्म आफ्नो उत्पादन पु¥याउन मोटरबाइक छ, नजिकका लागि ३ वटा साइकल छन् ।

उनीहरूले गाउँको समूहबाट २९ सय रुपैयाँ ऋिण लिएर यो व्यवसाय सुरु गरेका हुन् । तर त्यही २९ सयका लागि गाउँमा झगडा पर्‍यो । ‘दुबैजना आँखा नदेख्नेलाई पैसा दिएर डुबाउन लागेको भनेर असहयोग गर्ने धेरै भए’ उनी सम्झिन्छन्

अहिले अगरबत्ति र मैनबत्ति जिल्लामै र छिमेकी जिल्लामा समेत बिक्री हुने उनले बताए । उनले व्यवसाय गर्नेमात्रै नभएर तालिम पनि दिने गर्छन् । आफ्नो क्षमतालाई मेहेनतमा बदलेर व्यवासयी भएका रामकिसुन र लक्ष्मी सवैका लागि गतिलो उदाहरण बनेका छन् ।
तर अपाङ्गता भएका व्यक्तिबीच पनि बिभेद भइरहेका प्रति उनीहरुको असन्तुष्टि छ । आफूले पूर्ण रुपमा आँखा नदेख्ने भएपनि ख बर्गमा राखेको प्रति उनको आक्रोश छ ।

‘अपाङ्ग हुँदैमा जीबन टुङ्गिदैन अझ आफूलाई पे्ररणा मिल्छ’ राम किसन भन्छन् । त्यसको लागि मात्र मनमा सकरात्मक भावना जगाउनु पर्छ । नर्बेबाट पनि पत्रकार आएर आफ्नो अन्तरबार्ता लिएको रामकिसनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: