वेवसाइट र मोबाइल एप बनाउँदै अफगानी महिला


प्रकाशित मिति :2016-11-18 15:13:33

महिला खबर

coding
एजेन्सी। परम्परागत मान्यतालाई तोड्दै अफगानी महिला काममा निस्कन थालेका छन् । महिलालाई कम्प्युटर प्रोग्राम कोडिङ सिकाउदा उच्चतहको समानता, शसक्तिकरण र आर्थिक स्थिरतालाई प्रोत्साहन गर्न सकिने उदाहरण उनीहरूले देखाएका छन् ।

‘अफगानिस्तानको दक्षिणभागमा रहेको हेरात शहरका दृढ संकल्प भएका महिला उत्साहकासाथ कोडिङ सिकिरहेका छन्’  कोड टु इन्सपायरकी संस्थापक  फिरेसट फोरोह भन्छिन ‘ कोडिङ सिकिरहेका महिला प्रत्येक दिन अझ धेरै शसक्त, सृजनात्मक र आत्मविश्वासी बनिरहेका छन् ‘। कोड टु इन्सपायर अफगानिस्तानको महिलाका लागि खोलिएको पहिलो कोडिङ स्कुल हो।

इरानमा जन्मेकी अफगानिस्तानी शरणार्थी जो सन् २००१ मा तालिवानी सत्ता ढलेपछि परिवारसँगै अफगानिस्तान फर्केकी थिइन्, उनी भन्छिन ( ‘ प्रविधि र कोडिङमा तिमी को हौ र कहाँ की हौ भन्ने कुराले फरक पार्दैन, एउटा कम्पुटर र इन्टरनेटको सहायताले हामी संसारभर पुग्न सक्छौँ र घरबाट बाहिर ननिस्केर पनि काम गर्न सक्छौं।’

तालिवानी शासनकालमा अफगानिस्तानमा महिलाका लागि शिक्षालाई गैरकानुनी मानिन्थ्यो भने ईन्टरनेट पुर्ण रुपमा प्रतिबन्धित थियो।
कोड टु इन्सपायरले अब काबुल र मजार इ सरिफमा पनि आफ्नो कार्यक्रम विस्तार गर्ने उद्देश्य लिएको छ। कोड टु इन्सपायरका महिला अहिले वेबसाइट, मोबाइल एप बनाउनरेदेखि अनलाइन गेम बनाउने कार्यमा लागेका छन्।

अफगानिस्तानमा १६ प्रतिशतमात्रै महिला काममा संलग्न रहेको तथ्याङ्क छ। अफगानिस्तान जस्तो निकै नै रुढिवाद भएको समाज जहाँ ८५ प्रतिशत भन्दा बढि महिला समान्य शिक्षाबाट बञ्चित रहेका छन् र मात्र १६ प्रतिशत महिला श्रमिक क्षेत्रमा छन्, यस्तो परिवेशमा यि महिलाले कोडिङ सिक्नपाउनु निकैनै भाग्यको कुरा हो।

पुरुषबादि समाज जहाँ महिलाका लागि शिक्षा लाई अझै पनि एउटा गम्भिर विषयका रुपमा लिइन्छ त्यस्तो ठाँउमा कोडीङले महिलालाई घरबाटै काम गर्ने वातावरण शिर्जना गर्ने कोड टु इन्सपायरकी संस्थापकको भनाइ रहेको छ। अफगानिस्तानका अन्य संस्थाहरुले पनि ुगल्र्स क्यान कोडु भन्ने आवाज उठाइरहरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: