नागरिकता लिन सहज बनाउन खोज्दा झन झन्झट


प्रकाशित मिति :2016-11-20 11:30:04

सर्मिला बुढाथोकी

दोलखा । दोलखा लापिलाङकी स्वस्थानी खत्री नागरिकताका बनाउने सिफारीस लिन सदरमुकाम चरिकोट आएको चार दिन वितिसक्यो । गाविस सचिव नभेटेकोले उनले अहिलेसम्म सिफारीस पाउन सकेकी छैनन् ।

सचिवको प्रतिक्षामा सदरमुकाममा बसेकी स्वस्थानीले गुनासो गर्दै भनिन् – अहिले सेवा केन्द्रबाट नागरिकता दिन थालेकाले गाउँबाट सचिवलाई भेट्न सदरमुकाम आउने र सिफारीस लिने अनि फेरि गाउँनै फर्किएर सिंगटी सेवाकेन्द्रबाट नागरिकता बनाउनु पर्ने बाध्यता रहेको छ । पहिले पहिले सदरमुकामबाटै नागरिकता दिँदा सचिवहरू गाँउ नजाँदा पनि खासै समस्या नहुने गरेको, तर अहिले सिंगटी सेवाकेन्द्रबाट नागरिकता दिन थालेपछि सचिव नभेट्दा समय र पैसा दुबै बर्वाद हुने गरेको स्वस्थानीको गुनासो छ ।

दोलखाको उत्तरी दुर्गम गाविसका वासिन्दालाई नागरिकता लिन सहज होस भनेर सरकारले दोलखाको सिंगटी बजारमा सेवा केन्द्र स्थापना गरी दुर्गम १८ गाविसका वासिन्दालाई त्यहीबाट नागरिकता दिने व्यवस्था गरेको करिब तीन महिना बितेको छ । तर गाविस सचिवलाई गाँउमा नभेटिने भएकाले ती गाविसका वासिन्दालाई सुरुमा सदरमुकाम चरिकोट आई गाविस सचिवलाई भेटेर सिफारीस लिने अनि सिंगटी पुगेर नागरिकता बनाउने दोहोरो कामले झन समस्या बनाएको छ । दोहोरो आवतजावत गर्नुपर्दा विशेषगरी महिला र बृद्धबृद्धा समस्यामा पर्ने गरेको स्वस्थानीले गुनासो गरिन् । सरकारले दोलखाको लामाबगर, गौरीशङ्कर, विगु, आलम्पु, सुरी, खारे, मार्वु, चंखु, झ्याकु, खोपाचागु, बाँबरे, लापिलाङ, लामिडाँडा, लादुक, चिलंखा, वराङ, कालिञ्चोक र जुगु गाविसको स्थानियलाई सिंगटी सेवा केन्द्रबाट नागरिकता दिने व्यवस्था गरेको छ ।

गाविस सचिव हक हित संरक्षण मञ्चका महासचिव रामु पौडेल गाविस अनुसार सचिवको व्यवस्था नभएकोले एउटा सचिवले दुईवटा गाविस हेर्नुपर्ने बाध्यता रहेको र सचिवले चाहेर पनि जनताले स्वचे अनुसार सेवा दिन नसकिएको बताउछन् । तै पनि सचिवहरुले तालिका बनाएर गाँउमै गएर सिफारीस दिने गरेको पौडेलले बताए । दोलखा जिल्लाको ४८ गाविसमा अहिले ३३ जना सचिव रहेको र १६ गाविसमा छुट्टै सचिव नभएको जिल्ला विकास समिति दोलखाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहि जिल्लाको दुर्गम गाविसका वासिन्दालाई सहज होस भनेर नै सिंगटी सेवा केन्द्रबाट नागरिकता दिने व्यवस्था गरिएको उल्लेख गर्दै गाविस सचिवको कारण जनताले झन दुख पाउने अवस्था नहोस भनेर स्थानिय विकास अधिकारी मार्फत गाविस सचिवहरुलाई सचेत गराईएको बताउनु हुन्छ । स्थानिय विकास अधिकारी शङ्कर नेपाल गाविस अनुसारको सचिव राख्न पहल भै रहेको उल्लेख गर्दै हरेक गाविस सचिवलाई गाँउमै गएर जनतालाई सहज हुने गरी सेवा दिन निर्देशन दिएको बताउनु हुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: