मनमा रहेको छाउ गोठ भत्काउन सकिएन : प्रमुख अर्याल


दशवर्षमा नौजनाको छाउगोठमा मृत्यु

प्रकाशित मिति :2016-11-20 13:47:53

महिला खबर

2-1
ललितपुर । अछाम जिल्लामा ५६ गाविसमा छन् तीमध्ये ३१ वटा गाविस छाउपडी मुक्त घोषण भइसकेको छन् । छाउपडी भएर गोठमा बस्दा सुदूरपश्चिमका पहाडी जिल्लाका धेरै महिलाले ज्यान गुमाएका छन् । तर त्यसको तथ्याङक भने अहिलेसम्म कसैसँग छैन ।

महिला तथा बालबालिका कार्यालय अछामका कार्यालय प्रमुख भगवती अर्यालले अछाममा छाउ हुँदा गोठमा बस्ने संस्कार हट्न नसेको वताउँछिन् । छाउ भएर घरमा बस्दा कुनै संयोगबस कुनै दुर्घटना भएमा छाउ भएकी महिला बसेकै कारण भयो भन्ने सोचाइका कारण यसलाई हटाउन निकै मुश्किल भइरहेको प्रमुख अर्याल वताउँछिन् । घरमा गाइ,भैँसी विरामी भएपनि छाउ महिलाले घरमा बसेरका कारण विरामी परेको भन्ने गर्छन्, देवता रिसाउँछन्,बाघ आउँछ भनेर स्वयम् महिला छाउ भएको बेलामा घरमा आएर बस्ने आट गर्दैनन्’ अधिकृत अर्याल भन्छिन् ।

छाउपडी गोठ भत्काए पनि मनमा भएको गोठ भने भत्काउन नसकिएको उनले बताइन् । भन्छिन् ‘अछाममा ३१ गाविस छाउपडी मुक्त गाविस घोषणा भएका छन् हामीले ती गाविसमा गोठ त भत्कायौं,  मनको गोठ भत्काउन नसक्दा महिलाले ज्यान गुमाउन परेको छ ।’

capture

अछाममा छाउपडीका बेला कति महिलाले ज्यान गुमाए भन्ने तथ्याङक नभएपनि २०६३ साल यता ९ जना महिलाको छाउपडी गोठमा ज्यान भएको जानकारी उनले दिइन् ।

शुक्रवार राती अछामको तिमिल्सेन गाविसमा छाउपडी गोठमा २१ वर्षीया डम्बरा उपाध्यायको मुत्यु भएको थियो । महिनावारी भएको चौथो दिन शुक्रवार उनी छाउगोठमा सुत्न गएकी थिइन् । विहान अबेरसम्म नउठेपछि घरका परिवार उठाउन्न जाँदा उनी मृत अवस्थामा फेला परेकी थिइन् । तिमिल्सेन गाविस छाउगोठ मुक्त भएको छैन । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी वरिष्ठ उपरीक्षक बद्री प्रसाद ढकालका अनुसार प्रारम्भिक अनुसन्धानवाट डम्बराको मुत्यु ह्रदयघातका कारणले भएको हुनसक्ने वताएका छन् । उनले डम्बराको नाकवाट रगत बगेको र घोप्टो परेको अवस्थामा शव भेटिएको वताए । आफन्तहरू ढोका फोडेर भित्र पसेका कारण कसैले हत्या गरेको वा जंगली जनावरका आक्रमणले उनको मृत्यु नभएको प्रहरी उपरिक्षक ढकालले बताउनुभयो । उहाँले भन्नुभयो ‘उनको शरीरमा कुनै पनि चोटपटक नभेटिएको पोष्टमार्टम रिपोर्टमा छ, उनको नाकवाट रगत आएको,घोप्टो परेको अवस्थामा शव फेला परेको थियो,उनको ह्रदयघातवाट मुत्यु भएको अनुमान हामीले गरेका छौं ।’

तस्बिर : शिवराज खत्री

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: