महिला खबर
सुनसरी । सुनसरीलाई वालविवाह मुक्त वनाउने भन्दै सुनसरीका तन्नेरी सँगठित भएका छन् । ११ सदस्यीय युथ लिडर एडभोकेसी प्लेटफर्म नाम गरेको फोरम बनाइ उनीहरू सँगठित भएका हुन् । बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको संस्था यूचेप नेपालको पहलमा यूवाहरू बालविवाह मुक्त जिल्ला वनाउने अभियानमा संगठित भएका हुन् । सुरुमा आ–आफनो गाउँलाई बालविवाह मुक्त वनाइ जिल्लाभरी यस्तो अभियान चलाउने उनीहरूले बताए । यो समूहले आ–आफनो ठाउँका विद्यालय, समुदाय, महिला सन्जाल,राजनीतिक दलसँग मिलेर अभियान चलाउने समूहकी सदस्य हस्तमाया परियारले वताउनुभयो ।
विवाह के हो भन्ने थाहा नपाउने उमेरमा विवाह गर्दा धेरै समस्या हुने भएकाले वालविवाहविरुद्ध गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम सन्चालन गरिने धरानकी सुजाता अधिकारीले वताउनुभयो । सुनसरीका प्राय गाविसमा वालविवाहको समस्या भएका कारण यूवालाई सँगठित गरेर वालविवाहविरुद्धको अभियान अघि वढाइएको यूचेप नेपालका रविन घिमिरेले जानकारी दिनुभयो । यूवाले सचेतना अभियान चलाउनुका साथै हुन लागेका वालविवाह रोक्ने र दोषीलाई कानुन वमोजिम कारवाही गराउने वातावरणका लागि पैरवी गर्ने घिमिरेले वताउनुभयो ।
Comment Here!