धुर्मुश सुन्तलीको बालमैत्री स्थानिय शासन अभियान


प्रकाशित मिति :2016-11-20 16:20:38

सर्मिला बुढाथोकी

अभियान बारे जानकारी दिँदै धुर्मुशसुन्तली

अभियान बारे जानकारी दिँदै धुर्मुशसुन्तली

दोलखा। धुर्मुश सुन्तलीले दोलखामा बालमैत्री स्थानिय शासन अभियान चलाउने भएका छन् । बालबालिकालाई सक्षम, शिक्षित र संस्कारी बनाउदै समृद्ध राष्ट्र निर्माणको लागि बालमैत्री स्थानिय शासन अभियान सुरु चलाउन लागेको उनीहरुले बताए । स्थानिय विकास मन्त्रालयको समन्वय तथा सम्बन्धित जिल्लाको जिल्ला विकास समितिको सहयोगमा सुरु गरिएको अभियानको क्रममा बालमैत्री चलचित्र ज्योतीको प्रर्दशन समेत गरिने धुर्मुश सुन्तली फाउण्डेशनका संस्थापक कलाकार सिताराम कट्टेलले जानकारी दिनुभयो ।

ज्योती चलचित्रमा देश निर्माणको शिक्षा दिईएको उल्लेख गर्दै चलचित्र हेरेपछि राजनीतिज्ञ, समाजसेवी, कर्मचारी सबैको भूमिकाको विषयमा बालबालिका स्पष्ट हुने र भोलीको आफ्नो भविष्य निर्माण कसरी सम्भव हुन्छ भन्ने कुरामा सचेत हुने कट्टेलले बताउनुभयो ।

अहिलेसम्म नेपालको सुनौल नगरपालिका र विराटनगर उपमहानगरपालिका बालमैत्री नगर घोषणा भै सकेका छन् । कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले गाउँ, नगर, जिल्ला हुँदै देशलाई बालमैत्री मुलुक बनाउने बताउनुभयो । देशलाई बालमैत्री बनाउन हरेक ठाउँमा खानेपानी, विद्यालय, सडक, शौचालय जस्ता कुरा बालमैत्री ढङ्गले निर्माण गरिने, सचेतनामूलक अभियान सञ्चालन गर्ने लगायतका काम भैरहेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: