भैरहवाको बेलहिया–सुनौलीनाकाबाट ६ जना युवतीको उद्धार


बेच्न लैजानेविरुद्ध मुद्दा दर्ता

प्रकाशित मिति :2016-11-20 16:51:23

महिला खबर
रुपन्देही । किशोरी तथा युवतीलाई अवैधबाटोबाट बेच्न लैजान लागेका दुईजनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको छ ।सिन्धुपाल्चोक, मालादेवीस्थानका केशव श्रेष्ठ (अविनाश) र बागलुङका वेदमणि कँडेलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार अभियोगमा मुद्दा दायर भएको हो । यी दुईले भैरहवाको बेलहिया–सुनौली नाका हुँदै सुनसरी, झापा, गोरखा, कास्की, सिन्धुली र रूपन्देहीका गरी पाँचजना किशोरीलाई सीमा पार गराउन लागेका थिए । भारत जान लागेका ती किशोरीलाई बेलहियामा रहेको मानव बेचबिखनविरुद्ध कार्यरत संस्था के.आई. नेपालले प्रहरीको जिम्मा लगाएको थियो । किशोरीहरूको जाहेरीका आधारमा अविनाश र कँडेलविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता गरी रूपन्देही प्रहरीले उनीहरूको खोजी सुरु गरिएको प्रहरीले बताएको छ । दलालहरू भने फरार छन् ।

काठमाडौंका विभिन्न होटल तथा घरमै काम गर्दै आएका ती किशोरीहरू २० देखि २६ वर्षका रहेको प्रहरीले बताएको छ । उद्धार गरिएका ती युवतीले मासिक ३५ हजार रुपैयाँको जागिर लगाइदिने भनी किर्गीस्तान जान लागेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक डेलीम्बराज घिमिरेले जानकारी दिनुभयो ।

 यी किशोरीमध्ये चारजनालाई अविनाशले काठमाडौंबाट कारमा बुटवल ल्याएका थिए । बुटवल बसपार्कमा रूपन्देहीका दुई किशोरीलाई समेत बोलाएर अविनाशले पालैपालो गरी बजार जान भन्दै भारतको सुनौली जान अह्राएर उनी अर्कै गाडीमा गएको बयान किशोरीहरूले दिएका छन् । किशोरीहरूलाई बेलहियाबाट सुनौली पार गराउन नसकेपछि दलालहरू फरार भएको र किशोरीहरूबाट बरामद भएको कँडेलको राहदानी तथा बयानका आधारमा प्रहरीको सहयोगमा मुद्दा दर्ता गरी किशोरीहरूलाई अभिभावकको जिम्मा लगाइएको के आइए नेपालकी संयोजक उषा गुरुङले बताइन् ।

गएको एक महिनाम सुनौलीकोे बेलहीया नाकाबाट एक महिनामा १६ जना महिलाको उद्दार गरिएको के आइ नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: