जिविकोपार्जनका लागि उपाय देउ : द्वन्द्व पीडित महिला


प्रकाशित मिति :2016-11-21 11:30:52

महिला खबर
कपिलवस्तु । कपिलवस्तुका द्वन्द्व प्रभावित महिलाले आफूहरूलाई सरकारले आर्थिक उपार्जनका लागि सीपमुलक कार्यक्रम दिनुपर्ने माग गरेका छन् । एकल जिल्ला महिला समूह कपिलवस्तुले तौलिहवामा द्वन्द्व प्रभावित महिलाको आर्थिक शसक्तिकरण तथा आयआर्जनमा पहुँच विषयक अन्तरक्रियामा वोल्ने द्वन्द्व पीडित महिलाले यस्तो भनाई राखेका हुन् । द्वन्द्व प्रभावित किम कुमारी भण्डारीले राज्यले सीपमुलक र आयमुलक कार्यक्रम दिएमा पीडा भुल्ने बाटो हुने वताईन् । ‘छोरा छोरी पढाउन , साँझ विहानको जोहो टार्न पनि समस्या हुने भएकोले राज्यले द्वन्द्व प्रभावित महिलाका लागि आर्थिक उपार्जनको काम दिनुपछर्’ उनले भनिन् ।

द्वन्द्वपीडित लहानी चौधरीले पनि पीडित महिलालाई सीप सिकाउँदै आयआर्जनमा लाग्ने काम दिन उनले राज्यसँग माग गरिन् । अर्की द्वन्द्व प्रभावित गुञ्जा यादवले द्वन्द्वको घाउ पुर्न अझै पनि गाह्रो भएको वताउदै घर परिवार चलाउन , छोराछोरी पढाउन राज्यले सीपमुलक कार्यक्रम दिनु पर्नेमा जोड दिइन ।

कार्यक्रममा स्थानिय शान्ति समितिका कार्यालय सचिव यमुना मरासीनीले द्वन्द्वपीडितहरूका लागि समितिले सीपमुलक कार्यक्रम दिँदै आएको र थप कार्यक्रमका लागि केन्द्रमा पहल गर्ने वताइन् । एकल महिला समूहका अध्यक्ष कल्पना महतले शशस्त्र द्वन्द्वमा थुप्रै महिला पीडित भएको वताउँदै राज्यले उनीहरूलाई आयमुलक विभिन्न कार्यक्रम संचालन गर्नुपर्ने वताईन । कार्यक्रममा द्वन्द्वप्रभावित २५ जना महिला सहभागी थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: