नागरिकतामा महिलालाई अधिकार दिन सकिएनः नारायणकाजी श्रेष्ठ


प्रकाशित मिति :2016-11-21 12:47:59

महिला खबर 

cpa

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानमा लेखिएको नागरिकताको प्रावधानमा छोरा र छोरीका लागि वरावर अधिकार दिन नसकेकोे स्वीकार्नुभएको छ ।

बृहत शान्ति सम्झौताको १० वर्ष पुरा भएको अवसरमा आईतवार राजधानीमा जनअधिकार अभियान नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा वोल्दै उहाँले अहिलेको संविधानले पनि महिलालाई पूर्ण अधिकार दिन नसकेको वताउनु भएको हो ।

आफूलाई प्रजातन्त्रका हिमायती वताउने पश्चिमा मुलुकले महिलालाई दिन नसकेका अधिकार नेपालको संविधानमा उल्लेख गरेको भएता पनि महिला र पुरुष बिच रहेको गहिरो खाडललाई भने मेट्न नसकिएको भन्दै नेता श्रेष्ठले संविधानले पितृसत्तात्मक सत्ताको पक्षपोषण गरेको हुनाले यसलाई छलफलको आधारमा संशोधन गरेर जानुपर्ने जिकिर गर्नुभयो ।

यसैवीच बृहत शान्ति सम्झौताको १० वर्ष पुरा भएको अवसरमा इण्टरनेशनल कमिसन अफ जुरिष्टले विज्ञप्ति जारी गर्दै द्वन्द्व पीडित र प्रभावितले अझैपनि न्याय कुरीरहेको जनाएको छ । द्वन्द्वका बेला भएका यौन हिंसा र बलात्कारका पीडितलाई न्याय दिन वर्तमान प्रावधानलाई हटाएर विशेष व्यवस्था गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । संक्रमणकालिन न्याय दिन स्थापित सम्पूर्ण संयन्त्रलाई लैंगिकमैत्री बनाउन विशेष व्यवस्था हुनुपर्ने भन्दै महिला,बालवालिका, सिमान्तकृत समुदायको आवश्यकता पुरा गर्न बिशेष व्यवस्था गर्न उक्त संस्थाले ध्यानाकर्षण गराएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: