रुकुममा बालविवाह बढ्दो


प्रकाशित मिति :2016-11-21 14:12:33

सुमित्रा के सी
रुकुम । रुकुममा वर्षेनी बालविवाह बढदै गएको एक तथ्याकंले तथ्याकं देखाएको छ । जिल्ला बालकल्याण समिति रुकुमले ५७ प्रतिशत बालविवाह हुने गरेको तथ्याकं सार्वजनिक गरेको हो । सबै भन्दा बढी बालविवाह जिल्लाको गोतामकोट गाविसमा हुने गरेको समितिले जनाएको छ । गोतामकोटमा ७२ प्रतिशत बालविवाह हुने गरेको जिल्ला बालकल्याण अधिकृत मानविर ओलीले जानकारी दिनुभयो ।

ओलीका अनुसार भौगोलिक रुपमा विकट तथा पुर्वाधार विकासमा पछाडि परेका गाविसमा बालविवाह अधिक हुने गरेको छ । अधिकांश परिवारकै दबाबमा बालविवाह हुने गरेपनि आजभोली आफूखुसी प्रेम विवाह गर्ने चलनले बालविवाह बढेको उहाँको भनाइ थियो ।

“बालविवाह गरेपछि विवाह दर्ता गर्न समेत गाविसमा आउँदैनन,त्यसैले पनि बालविवाहको प्रतिशत बढेको छ, बालकल्याण अधिकृत ओलीले भन्नुभयो ।

उहाँले यसरी बालविवाह गर्नेमा १५/ १६ वर्ष उमेर समूहका बालबालिका बढी रहेको जानकारी दिनुभयो । जिल्लामा बढेको बालविवाह रोक्नु सबै सरोकारवाला निकायका लागि निकै चूनौतिको विषय बनेको महिला तथा बालबालिका कार्यालय रुकुमका प्रमुख पुष्पा रिजालले बताउनुभयो ।

सचेतनाको अभाव,अभिभावकको कमजोर निगरानी,विभिन्न सामाजिक सञ्जालको प्रयोगले बालविवाह बढदै गएको नेपाल बार एसोसिएसन रुकुमका अध्यक्ष भुवनेश्वर गौतमले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: