कानुनले त प्रमाण खोज्छ


प्रकाशित मिति :2016-11-21 16:00:34

‘उसलाई माया गर्दा प्रमाण चाहिन्छ भनेर गरिनँ, तर आज कानुनले उसँगको सम्बन्धको प्रमाण माग्छ, अब मलाई न्याय कस्ले दिन्छ ? न त म माइतीकी भए न त श्रीमानकी नै’ लिभिङ टुगेदरमा रहेकी सम्झनाको प्रश्न ।

खेमा बस्नेत

kheema-jiकहिलेकाहीँ अफिस आउँदा जाँदा बाटोमा भेट हुन्थिन् सम्झना । सधैँ देख्दा मुस्कुराएर बोलीहाल्ने उनको बानी । कहिलेकाहिँ आफूलाई तनाव भएका बेला उनलाई खुसी देख्दा मान्छेको जिवनमा कति खुसी, मेरो भने कति तनाव जस्तो लाग्ने । सधैँ खुसी देखिन्थिन् उनी ।

उनीसँग भेट नभएको लगभग वर्ष नै वितिसकेको थियो । एक दिन मोबाइलमा सेभ नगरेको नम्बरवाट फोन आयो, उठाएँ । ‘एकजना बहिनीले विष खाएर अस्पताल ल्याएको छ उहाँले हजुरको नम्बर दिनुभयो तपाई आउनु रे’ अस्पतालबाट आएको रैछ । को होला त । हतार हतार अस्पताल पुगें । सेती अञ्चल अस्पतालको आकस्मिक कक्षमा पुगें, त्यहाँ एकजना महिला सुतिरहेकी थिइन्, प्रहरीले उनको वयान लिँदै थियो । उनलाई देख्दा लागिरहेको थियो की, उनी बाँचेर पछुतो मानिरहेकी छन् । उनी थिइन् सम्झना । ३ वर्षदेखि लिवीङ्ग टुगेदरमा रहिछन् सम्झना । सधँै खुसी देखिने हँसिलो अनुहार कि उनी अहिले ओइलाएको फूलको जस्तै भएकी थिइन् ।

आफ्नो प्रेमीसँगै बस्दा उनले धेरै पटक गर्भपतन गराएकी रहिछन् । यता विवाह गर्ने आश्वासन दिएको उसले उनीसँग सम्बन्ध मै हुँदा विहे गरेछ । अनिमात्रै सम्झनाले थाहा पाइन उसले फाइदा उठाइरहेकोे । सँगै बस्दा कहिल्यै उनले आफ्नो प्रेमीसँग फोटो खिचाइनन्,न त अरु कुनै प्रमाण नै थियो उनीसँग, विवाह गर्छु भनी माइतीको इच्छा विपरित सो केटासँग बस्दाको पछुतो छ उनीसँग । उनीहरूको सम्बन्ध केटीको परिवार र दुई जनामा मात्र सिमित थियो । श्रीमानकाे स्थान दिएकी उनले समाजले खोज्ने न त सिउँदोमा उसको नामको सिन्दुर, न त हातमा चुरा, मेरो श्रीमान् हो भन्ने उनीसँगै कुनै प्रमाण छैन् । गर्भपतन गराउँदा उनले आफ्नै नाम कहिले लेखाइनन् । अहिले प्रहरी र अदालतले प्रमाण माग्दा अलपत्रमा परेको सुनाउँछिन् । उनले भनिन् ‘मैले उसलाई माया गर्दा प्रमाण चाहिन्छ, भनेर गरिनँ, तर आज कानुनले उसँगको सम्बन्धको प्रमाण माग्छ, अब मलाई न्याय कस्ले दिन्छ । न त म माइतीकी भए न त श्रीमान्की नै’ उनले आफ्नो आत्महत्या गर्नु खोज्नुको कारण वताईन् ।

अर्को घटना भयो आत्म हत्याको । विहानै एक मोबाइल पसलमा मानिसको भिड थियो । सबैले भन्दैथिए, आत्महत्या गर्ने मान्छे कायर हो, समस्यासँग लड्न नसेकेर आत्महत्या गर्छन् । यस्ता आत्महत्या गर्नेका लागि प्रहरीसम्म धाउनु पनि बेकार हो । मोबाइल पसलमा काम गर्ने केटीले नै एकाविहानै आएर आफै सलको पासो लगाएर आत्महत्या गरेको भन्दै मानिसहरू कुरा गदै थिए । उनी मोबाइल पसलमा काम गर्थिन् काम गर्दा मोबाइल पसलको मालिकसँग प्रेम सम्बन्ध भयो, विवाह गर्ने आश्वासन दिँदै यौन शोषण गरिरहेको र गर्भपतन समेत गरेको उनले लेखेको सुसाइड नोटमा रहेको प्रहरी वताएको थियो ।

यौन शोषण, शारिरीक र मानसिक यातना खेप्न नसकेपछि आत्महत्याको बाटो रोजेको उनले लेखेर छाडेको चिठ्ठीवाट थाहा हुन्थ्यो । प्रहरीले पनि आत्महत्याको कारण खुलाउँदै भन्दै थियो, उनी समयमा प्रहरीसम्म आएको भए कानुनी उपचार पाउँथिन् । प्रहरीले त कानुनी कुरा मात्र गरेका थिए, तर उनले कानुनी उपचार माग्दा खेरी समाजले बनाएको मुल्यमान्यता नीतिनियम विपरित जानु पर्ने थियो । उनले न त बाँचेर नै न्याय पाइन, न त मरेर नै, सो घटनामा प्रमाण नपुगेको भन्दै एक महिनामा नै अदालतले छाडिदियो त्यो मोबाइल पसलेलाई ।

मानिसले आफ्ना समस्या भनेर घरपरिवार र समाजको तिरस्कार सहन सक्दैनन् । पुरुषले जे गरेपनि सजिलै स्वीकार गर्ने त्यही समाजले महिलालाई अस्वीकार किन गर्छ ? अनि उनको पक्षमा कसले आवाज उठाइदिन्छ ? कुनै विकल्प नदेखेपछि ती महिलाले आत्महत्याको बाटो रोज्छिन् ।

मानिसलाई आखिर के पुगेको हुदैन र बहुमुल्य जिवन पिडा दिएर खतम पार्न चाहन्छ ? अहिलेसम्म आत्महत्याको यही कारण हो भनी कसैले भन्न सकेको छैन् । अत्यधिक प्रतिस्पर्धात्मक समाज र मान्छेको असिमित महत्वकाक्षांले निम्त्याएको परिणाम अन्तिममा दुखद हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७०/ ०७१ मा २२७ जनाले आत्महत्यार गरे । यी मध्ये ८३ जना महिला थिए । यसैगरि २०७१/ ०७२ मा १ सय ७५ जनाले आत्महत्या गरेका थिए र यी मध्ये ६६ जना महिला थिए । आ व २०७२/ ०७३ मा आत्महत्या गर्ने १८८ जना मध्ये ८४ जना महिला थिए ।

समाजशास्त्री तथा मानवशास्त्री इमाइल दुर्खिमले आफ्नो कृति सुसाइडमा लेखेका छन् ‘आत्महत्या जस्तो व्यक्तिगत घटनामा सामाजिक पृष्ठभुमी तथा यसका तथ्यहरू जिम्मेवार हुन्छ, सामाजिक शक्तिले मानिसमा दवाव दिन्छ र उसले आत्महत्याको बाटो रोज्छ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: