एन्जिला मर्केल चौथो पटक चान्सलरमा उम्मेद्वारी दिने तयारीमा


प्रकाशित मिति :2016-11-21 16:06:27

महिला खबर

angela-merkel_worr_3593942c
एजेन्सी। युरोपकी आइरन लेडीका रुपमा चिनिने जर्मन चान्सलर एन्जिला मर्केलले २०१७ सेप्टेम्बरमा हुने चान्सलरको निर्वाचनमा चौथो पटक पनि उम्मेद्वारी दिने भएकी छन्। मर्केलले आफ्नो उम्मेद्वारीको घोषणा गरेपनि उनले त्यो कार्य अब निकै संघर्षपूर्ण हुने बताएकी छन् । ‘अमेरिकामा ‍ओबामाको कार्यकाल समाप्ती र डोनाल्ड ट्रम्पको आगमनपछि विश्वले जर्मनबाट गर्ने आशामा पनि पक्कै फरक आउने छ’ उनले भनेकी छन् ।

आईतवार बर्लिनमा भएको पत्रकार सम्मेलनमा मर्केलले भनिन् ‘ फेरी उम्मेद्वारी दिने विषयमा विचार गर्न मैले निकै नै समय विताएँ, ११ वर्ष सत्तामा बसेर फेरी चौंथो पटकका लागि पनि उमेद्वारी दिनु भनेको देश, पार्टी र मेरोलागि कुनै सामान्य निर्णय भने होइन्।’

सन् २००५ मा प्रथम पटक त्यो पद सम्हालेदेखि अहिलेसम्म आफू जर्मनीलाई सेवा गर्न केन्द्रित रहेको उनले बताइन् । ६२ बर्षीया मर्केललाई संसारकै शक्तिशाली महिलाका रुपमा चिनिन्छ। मर्केल संसारमै धेरै अनुभव र पश्चिममा लामो समय काम गर्ने मध्येकी महिला नेताका रुपमा परिचित छन् । उनले अबका नयाँ संघर्षहरू युरोपसँगको सम्बन्ध, ट्रम्प कार्यकालमा अब अमेरिकासँगको सम्बन्ध, युरोपीयन यूनियनको बहिर्गमनपछि बेलायतसँगको सम्बन्ध र रसियासँगको सम्बन्धका हेर्नुपर्नेछ जुन निकै नै चूनौतिपूर्ण रहेको छ। युरोपमा बढ्दो आप्रवासी समस्या र यूरो अवमुल्यन उनको लागि अबको कार्यकालमा महत्वपूर्ण चुनौति हुने छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: