झारफुकको निहुँमा बलात्कार गर्नेविरुद्ध मुद्दा


प्रकाशित मिति :2016-11-21 16:32:35

महिला खबर

काभ्रे । झारफुक गर्ने निहुँमा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । ५८ वर्षीय  प्रेम तिमल्सिनाविरुद्ध   प्रहरीले जिल्ला अदालत काभ्रेमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको हो ।

पीडितका आफन्तले दिएको जाहेरीका आधारमा तिमल्सिनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

बनेपा बस्ने तिमल्सिनालाई शनिबार  प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि पनि झारफुकको निहुँमा बलात्कार गरेको आरोपमा शङ्खु गाविसबाट प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: