अपाङ्ग महिलालले दिइन् जिल्ला अदालतलाई ह्वील चेयर


प्रकाशित मिति :2016-11-21 17:07:14

महिला खबर

wheel-chair
सुनसरी। शारिरीक अपाङ्गता भएकी महिलालले जिल्ला अदालतलाई ह्वील चेयर दिएकी छन्। महिलाको न्यायमा पहुँच वढाउन भन्दै अपाङ्ग चेलिबेटी समाज इटहरीकी उपाध्यक्ष लक्ष्मी घिमिरेले जिल्ला अदालत सुनसरीलाई ह्वील चेयर दिनुभएको हो।

अदालतमा न्यायका लागि आउने अपाङ्गता भएका महिलाले ह्वील चेयरको अभावमा धेरै समस्या भोग्नु परेको देखेर आफूले अदालतलाई ह्वील चेयर प्रदान गरेको घिमिरेले वताउनुभयो ।

जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश रमेशराज पोख्रलले अदालतको अवस्थाप्रति चासो राखेर ह्वील चेयर दिएकोमा घिमिरेप्रति आभार ब्यक्त गर्नुभयो।

उहाँले अदालतमा अपाङ्गमैत्री भौतिक पूर्वाधार नभएकाले चाँडै नै अदालतलाई अपाङ्गमैत्री बनाउँदै अरु पूर्वाधार थप गर्ने वताउनुभयो। अदालत भवनहरू अपाङ्गमैत्री बनाई न्यायमा पहुँच वढाउन अदालत प्रतिवद्ध रहेको मुख्य न्यायाधिस पोखरेलले वताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: