बैतडीमा हिंसापीडित महिलाका लागि सुरक्षित आवास गृह


प्रकाशित मिति :2016-11-22 11:35:19

इन्द्रसरा खड्का
बैतडी । बैतडीको पाटनमा हिंसामा पीडित महिलाका लागि सुरक्षित आवास गृह (सेवा केन्द्र) सञ्चालनमा आएको छ । हिंसा प्रभावित महिलालाई पुर्नस्थापना गर्ने उद्देश्यले महिला सुरक्षित आवास गृह सञ्चालनमा ल्याइएको हो । सुरक्षित आवास गृह सञ्चालनमा  आएपछि हिंसामा परेका महिलालाई राख्ने सुरक्षित स्थान नहुँदा हिंसा सहेर सोही घरमा बस्नुपर्ने बाध्यता हटेको छ ।

महिला तथा बालबालिका कार्यालय बैतडीका कार्यालय प्रमुख अनिता बुढाऐरले हिंसा प्रभावित महिलालाई कहाँ राख्ने भन्ने समस्या समाधान भएको वताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा घरेलु हिंसाका ४१ वटा मुद्दा दर्ता भएका छन् । तथ्यांकले महिलामाथि हुने हिंसा अझै पनि बढीरहेकोे प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीले बताउनुभयो । पाटनमा महिला सुरक्षित आवास गृह सञ्चालनमा आएपछि हिंसामा परेका महिलालाई पुर्नस्थापना गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

प्रमुख चौधरीले महिला सुरक्षित आवास गृहको स्थापनाले हिंसामा परेका महिलालाई केही राहत पुग्ने बताउनुभयो । सुरक्षित अवास गृह सञ्चालन निर्देशिका अनुसार भवन भाडामा लिएर संचालन गरिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ ।

हिंसामा परेका महिलालाई ३५ दिनसम्म सुरक्षित आवास गृहमा राख्न सकिने र त्यसपछि उनीहरूको वैकल्पिक व्यवस्था गर्नुपर्ने कार्यालय प्रमुख बुढाऐरले बताउनुभयो । पाटनमा सञ्चालनमा आएको महिला सुरक्षित आवास गृहमा अहिले एक जना पीडित किशोरीलाई राखिएको छ ।

महिला तथा बालबालिका कार्यालय बैतडी,संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा उदयदेव महिला बचत तथा ऋण सहकारी संस्थाले महिला सुरक्षित आवास गृह सञ्चालनमा ल्याइएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: