बालमैत्री चलचित्र ज्योती हेर्ने पुगे अविभावक छोराछाेरी लिएर


प्रकाशित मिति :2016-11-22 13:21:31

सर्मिला बुढाथोकी

दर्शकसँग बसेर ज्योती फिल्म हेर्दै धुर्मश सुन्तली

दर्शकसँग बसेर ज्योती  हेर्दै धुर्मश सुन्तली

दोलखा। चिसो मौसममा पनि अविभावक आफ्ना छोराछोरीसहित धुर्मुश सुन्तलीको अभिनय रहेको बालमैत्री चलचित्र ज्योती हेर्न दोलखा सदरमुकाम चरिकोटको टुँडिखेल पुगे। ‘ज्योती’ हेरेपछि भीमेश्वर नगरपालिका अविभावक निर्मला केसीको प्रतिक्रिया थियो – रक्सी खाने बुबाहरूले हेर्नैपर्ने चलचित्र रहेछ। बालबालिकाले कस्तो संस्कार सिक्छन् भन्ने कुरा अभिभावकमा निर्भर रहन्छ भन्ने सन्देश यो चलचित्रबाट पाएको केसीले बताइन् ।

चलचित्र हेरपछि बालबालिकालाई अनावश्यक रुपले हस्तक्षेप गर्नु हुन्न रहेछ भन्ने सन्देश पाएको अर्की दर्शक अम्बिका न्यौपानेको भनाई छ। अम्बिक भन्छिन्– छोरा र छोरी दुबै जनाले समान अवसर पाए भने बराबर जिम्मेवारी बहन गर्न सक्छन् भन्ने पाठ आम अभिभावकलाई यसले सिकाउँछ।

चलचित्र हेर्दै बालबालिका तथा अभिभावक

चलचित्र हेर्दै बालबालिका तथा अभिभावक

सदरमुकाम चरिकोटमा कक्षा १० मा अध्ययनरत आयुष्मा खड्का बालबालिकालाई निर्णायक स्थानमा सहभागि गराउन सकियो भने उनीहरुको निर्णय पनि राष्ट्र निर्माणको भर्‍याङ हुन सक्छ भन्ने सन्देश ज्योतीले पस्किन खोजेको बताइन् ।

राष्ट्र निर्माण हाम्रो अभियान अन्तर्गत सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका लागि यूनिसेफ नेपालको सहयोगमा धुर्मुस–सुन्तली फाउन्डेशनद्वारा निर्मित बालमैत्री चलचित्र ज्योती भित्र बालमैत्री स्थानीय शासनका लागि आवश्यक ३९ ओटा सूचक समावेश गरिएको फाउन्डेशनका कुञ्जना घिमिरे ‘सुन्तली’ ले जानकारी दिइन्।

चलचित्रमा बालबालिकालाई अभिभावकले गर्नुपर्ने व्यवहार, बालविवाह, बालश्रम, घटना दर्ता, बाल स्वास्थ्य, बालमैत्री विद्यालय, बालमैत्री शासनको लागि स्थानीय सरोकारवालाको भुमिका, गरिबीले निम्त्याउन सक्ने खतरा, मदिरा जन्य पदार्थको प्रयोगले निम्तने समस्या, महिलामाथि गरिने विभेदलगायतका विषयवस्तु समेटिएको छ। चलचित्र हेर्न सदरमुकाम चरिकोटका बिभिन्न विद्यालयमा अध्यनरत बालबालिका, अभिभावक लगायत एक हजार भन्दा बढीको सहभागिता रहेको थियो। फिल्म प्रर्दशन दोलखा जिल्ला सहित १६ जिल्लामा पुर्‍याईने फाउन्डेशनले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: