पुँजी र बजारसम्मको पहुँच नहुँदा उद्योग स्थापना गर्न कठिन


प्रकाशित मिति :2016-11-22 14:57:53

महिला खबर
ललितपुर । पुँजी र बजारसम्मको पहुँच नहुँदा महिला उद्यमीले छुट्टै उद्योग स्थापना गर्न कठिन परिरहेको उद्यमी महिलाले बताएका छन् । ललितपुर उद्योग वाणिज्य सङ्घले सेमवार आयोजना गरेको कार्यक्रममा उद्यमी महिला आफैँ पुँजी खोज्न लाग्नुपर्ने र सरकारले पनि महिला उद्यमीलाई सहुलियत व्याजदरमा ऋणलगायत सुविधा दिनुपर्ने माग गरे ।

नेपाल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष भवानी राणाले महिलाले ऋण खोजेर व्यवसाय सुरु गर्न सक्ने अवस्था नभएको अल्याउनुभयो । महिलाका नाममा व्यवसाय सञ्चालन गर्दा राज्यले दिने छुटका कारण धेरै महिलाका नाममा उद्योग स्थापना भएपनि ती उद्योगमा निर्णय महिलाले गर्न सक्ने अवस्था नभएको उहाँको भनाइ थियो ।

महिला उद्यमी महासङ्घका अध्यक्ष रीता भण्डारीले महिला उद्यमीलाई पहुँच र सूचना दुवै नभएकाले काम गर्न सम्स्या भइरहेको बताउनुभयो । ललितपुर उद्योग वाणिज्य सङ्घ, महिला उद्यमी विकास समितिका संयोजक लजना श्रेष्ठले महिला उद्यमीको सङ्ख्या कम भएको र भएकाहरुको पनि उद्योगको व्यवस्थापनसम्म पहुँच नभएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: