मधेश आन्दोलनमा सात जना वालवालिकाको ज्यान गएको तथ्यांक सार्वजनिक


प्रकाशित मिति :2016-11-22 15:45:29

महिला खबर
ललितपुर। तराइ मधेश आन्दोलनको क्रममा ६ वालक र १ वालिका गरी ७ जना वालवालिकाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रिय वालकल्याण समितीले प्रकाशन गरेको नेपालमा वालवालिकाको स्थिति २०७३ को वार्षिक प्रतिवेदनमा यो तथ्यांक सार्वजनिक भएको हो ।

student

कसकसले गुमाए ज्यान
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा आन्दोलनकारीले हानेको गोली लागी डेढ वर्षीय टकेन्द्र साउदको ज्यान गएको थियो । त्यसैगरी भदौ २५ गते जनकपुरमा प्रहरीको गोली लागी १४ बर्षका दिलिप यादव र १७ वर्षका निकुकुमार यादवले ज्यान गुमाएका थिए ।

त्यस्तै, भदौ २९ गते रुपन्देहीको लुम्विनी भैरहवा सडक अन्तर्गत वेथरीमा प्रहरीको गोलीलागी ४ बर्षीय चन्दन पटेलको मृत्यु भयो । मंसिर ११ गते सप्तरीको भारदहको सडकखण्डमा मधेशी मोर्चाका कार्यकर्ताले चलिरहेको बसमा आक्रमण गर्दा अभिभावकसँगै यात्रा गरिरहेकी ९ वर्षिया निर्जला वस्नेतले ज्यान गुमाएकी थिइन् ।

पुषको ५ गते प्रहरीको गोली लागि रौतहटको सदरमुकाम गौरको जुद्ध उच्च माध्यामिक विद्यालयमा कक्षा १० मा अध्यनरत शेख तवरेज आलमले ज्यान गुमाएका थिए ।

त्यसैगरी भारतको मोतिहारी स्थाइ घर भइ विरगञ्ज मामाघर आएका १४ वर्षका आशिषरामले आन्दोलनकै क्रममा प्रहरीले हानेको गोलीवाट ज्यान गुमाउनु पर्‍यो । नेपालमा जन्मदर्ता र नागरिकता नभएका कारण आशिषरामको परिवारले सरकारवाट पाउनुपर्ने कुनै पनि राहत रकम पाउन सकेका छैनन् ।

student1

वालवालिकाको प्रयोग रोकिएन
विद्यालय र वालवालिकालाई शान्ति क्षेत्र घोषणा गरेर कुनै पनि राजनीतिक प्रयोजनका लागि प्रयोग नगर्ने भनिएता पनि लागु हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । राजनैतिक दलले आफ्ना जुलुश र सभाहरूमा स्कुल पोशाकमै वालवालिकाको प्रयोग गर्ने गरिएको प्रतिवेदनले औंल्याएको छ ।

प्रतिवेदनका अनुसनर पछिल्ला दिनमा वालवालिकाको प्रयोग गर्ने दलमा विप्लव नेतृत्वको नेकपा माओवादी अगाडि देखिएको छ । त्यसैगरी मधेशी मोर्चाले आफ्ना आन्दोलनका क्रममा वालवालिकाको प्रयोग गरेका छन् । कतै कतै वालवालिकालाई थोरै पैसाको प्रलोभन देखाएर आन्दोलनमा प्रयोग गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: