टर्की सरकारले लियो बालिका बलात्कार गर्नेलाई माफी दिने विधेयक फिर्ता


प्रकाशित मिति :2016-11-22 16:47:16

महिला खबर

turkey-protest
एजेन्सी। टर्कीका प्रधानमन्त्री विनाली यीलडीरिमले बालवालिका बलात्कार सम्बन्धि विधेयक फिर्ता लिएका छन् ।कम उमेरका बालिकासँग विवाह गरी बलात्कार गरेको अपराध साबित भैसकेका पुरुषलाई माफी दिने व्यवस्थासहितको यो विधेयक संसदमा पठाइएको बिबिसीले जनाएको छ । उक्त विवादास्पद विधेयकमा संसदमा भएको मतदानमा सत्तारुढ पार्टी एके ( जस्टिस एण्ड डेभलपमेन्ट) ले यसको पक्षमा मतदान गर्दै पारित गरेको थियो। उक्त पार्टी टर्कीको उदारवादी सिद्धान्तमा आधारित एक रुढिबादी राजनैतिक पार्टी हो।

उक्त विधेयकविरुद्ध अन्तर्राष्ट्रिय दवाव निकै सडक आन्दोलन भएका थिए । आलोचना गर्नेहरूले यो विधेयकले कानूनी रुपमा बलात्कारलाई बैधानिक बनाउने र बालविवाहलाई वढावा दिने भन्दै आएका थिए। सरकारले घर परिवारको सहमतिमा भएका बालविवाह गर्ने पुरुषलाई जेल जानबाट बचाउन यस्तो निर्णय गरेको आरोप उनीहरूको थियो ।

संयुक्त राष्ट्रसंघले टर्की सरकारलाई यस विधेयकले यौन शोषण र बालविवाहलाई रोक्न अप्ठेरो पार्ने भन्दै उक्त विधेयक अनुमोदन नर्गन ध्यानाकर्षण गरेको थियो।

टर्कीमा विवाहका लागि कानुनले तोकेको उमेर १८ वर्ष भएता पनि वालविवाह भने बढ्दो रहेको बिबिसीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: