सांसदको तलब भत्ता बृद्धिविरुद्ध विद्यार्थी संगठनहरू एकजुट


प्रकाशित मिति :2016-11-22 17:06:04

महिला खबर

merged-flag
ललितपुर । १२ वटा विद्यार्थी संगठनले सांसदलाई बढाइएको तलव सुविधा फिर्ता लिन माग गर्दै आन्दोलन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियुलगायत १२ वटा विद्यार्थी संगठनले सांसदहरूको तलब भत्ता बृद्धि गर्न बनेको विधेयक फिर्ता गर्न माग गर्दै बिभिन्न बिरोधका कार्यक्रम गर्न लागेको अनेरास्ववियुका अध्यक्ष नविना लामाले वताउनुभयो ।

मगंलवार यी विद्यार्थी संगठनले संयुक्त बैठक बसी व्यवस्थापिका संसद र सरकारलाई सांसदको तवल भत्ता बृद्धि सम्बन्धि गरेको नियर्ण फिर्ता लिनुपर्ने माग सहित संयुक्त विज्ञप्ती निकालेका छन् । विज्ञप्तीमा भनिएको छ ‘भूकम्प पीडितहरू अझै पाल मुनी बस्न बाध्य छन्, भारतीय नाकाबन्दीको असरवाट देशको अर्थतन्त्र ओरालो लागेका बेला छ, अत्यन्त गैरजिम्मेवार ढगंले सांसदको तलब बृद्धि गर्नु निन्दनीय र अशोभनीय कार्य हो ।’

अनेरास्ववियुकी अध्यक्ष लामाले विरोधका कार्यक्रम मंगलबारवाटै सुरु भएको वताउनुभयो । ‘हामीले जनताका मुद्दा उठाएर विरोध गरेका हौ’ अध्यक्ष लामाले भन्नुभयो ।

सबै दलका नेता एक भएर धेरै भत्ता थाप्ने व्यवस्था गरेकोे आरोप उहाँले लगाउनु भयो । उँहाले विद्यार्थी संगठनको विरोध कार्यक्रमलाई १५ जना सांसदको सहमति भएको जानकारी समेत लामाले दिनुभयो

बुधबार अनेरास्ववियु,नेविसंघ,अनेरास्ववियु क्रान्तिकारी,मविफो लोकतान्त्रिक, अनेरास्ववियु पाँचौंलगायत १२ वटा विद्यार्थी संगठनले शान्तिवाटीका विरोध सभा गर्ने भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: