छिमेकीको कुुटपीटबाट महिलाको मृत्युु


प्रकाशित मिति :2016-11-23 10:46:37

महिला खबर

कैलाली । जमिनको विवादका कारण छिमेकीको कुुटपीटबाट महिलाको मृत्युु भएको छ । धनगढीको मट्यारी सूूयौदय टोलमा मसिंर सात गते विहान कुुटपिटमा परेकी यसोदा देवी भाटको सेती अंचल अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज लैंजादै गर्दा बाटो मै मृत्युु भएको हो ।

विहान ४ बजे तिर आरोपित भोजराज पाण्डे र गणेश पाण्डेले कुुटपिट गरी विष सेवन गराएको मृतकका भाई भिम बहादुर ऐरले आरोप लगाएका छन् । ‘उपचारका क्रममा दिदीलाई सोध्दा ती दुुई जनाले आफूलाई कुुटपीट गरी विष सेवन गराएको बताएकी थिइन्’ ऐरले भने ।

बिहान कुुटपीट गरी आफैले प्रहरीलाई बोलाएको र प्रहरीले समेत मृतकलाई विभिन्न लान्छना लगाएको ऐरले बताए । मृतक यसोदाका आफन्तले भोजराज पाण्डे र गणेश पाण्डेविरुद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आरोपित पाण्डेले मृतक भाटलाई कुटपीट गरी जवरजस्ती विष सेवन गराइ हत्या गरिएको भनि उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दिलीपसिंह भण्डारीले जानकारी दिए ।

अस्पतालमा समेत आरोपीतका आफन्त आई यसोदालाई उपचार गर्न नदिएको ऐर वताउँछन् । विहान ८ वजे उपचारका लागि अस्पताल पुुर्‍ याएपनि वेलुका ४ वजे मात्रै उपचार गर्न नसकिने भनेर नेपालगञ्ज लैजान भनेको उनको भनाई छ । ‘उपचार हुन्छ हुँदैन पहिल्यै सोधेका थियौं, राम्रो भइहाल्छ भने, तर बेलुुका मात्रै रेफर गरे । अस्पतालले पनि लापरवाही गरेको छ’उनले भने । लामो समयसम्म अस्पतालले निर्णय लिन नसक्दा बहिनीको ज्यान गएको मृतकका आफन्त रामचन्द्र क्षेत्रीको आरोप छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: