चारदशक लामो द्वन्द्व मिलाउने थापा सम्मानित


प्रकाशित मिति :2016-11-23 13:12:08

महिला खबर
सुनसरी। झापामा चार दशक लामो वर्षदेखिको द्वन्द्व रुपान्तरणको नेतृत्व गर्ने अभियन्ता संगिता थापालाई सम्मान गरिएको छ। झापाको शरणामतीको रानी सामुदायिक वन उपभोक्ता समूह र स्थानीय सुकुम्वासी वीचको लामो सीमाना विवाद रुपान्तरणको नेतृत्व गर्ने थापालगायत अन्य चारजना सम्मानित भएका हुन्।

२०३२ सालदेखि वन क्षेत्रको जमिन उपभोग गर्दै आएका स्थानीय र वन उपभोक्ता समितिबीच विवाद रहँदै आएको थियो। ४१ वर्षदेखिको विवाद मिलाउने कार्यको नेतृत्व गरी सफल भएको भन्दै प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय श्रोत व्यक्ति संगिता थापासहित चार जनालाई स्थानीयले सम्मान गरेका हुन्।

राष्ट्रिय श्रोत व्यक्ति थापासँगै द्वन्द्व रुपान्तरणमा सहजिकरण गर्ने मान वहादुर कार्की, हिमा मगर र नारायण कुमार पौडेल सम्मानित भएका हुन्।

स्थानीय द्वन्द्वरत पक्ष र सरोकारवालालाई सहभागी गराएर माकुरा समूह गठन गरी पटक पटकको संवाद र छलफलपछि स्थानीय आफैले पाँच वुँदे साझा विकल्प तयार गरी द्वन्द्व अन्त्य गर्न आफूहरू सफल भएको अनुभव थापाले बाँडेकी थिइन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: