विपद व्यवस्थापन सम्बन्धि नीति लैङ्गिकमैत्री बनाउन माग


प्रकाशित मिति :2016-11-23 14:50:17

महिला खबर

press-meet
ललितपुर । विपद्का बेला जहिले पनि महिला धेरै प्रभावित हुने भएकाले विपद् व्यवस्थापन तथा पूर्वतयारीसँग सम्बन्धि राज्यका नीति तथा कानुन लैङ्गिकमैत्री हुुनु पर्ने धारणा बिभिन्न क्षेत्रका महिलाले राखेका छन् ।

विपद र विपदपछिको अवस्थामा लैंगिक दृष्टिकोणबाट कार्य गर्नका लागि गठित महिला समूहले मगंलबार ललितपुरमा पत्रकार सम्मेलन गरी विपद् व्यवस्थापन तथा पूर्वतयारीसँग सम्बन्धि नीति तथा कानुन लैंगिकमैत्री बनाउन पहल गर्ने बताएको छ ।

२०७२ वैशाख १२ गते गएको भूकम्पका कारण १४ जिल्लाका १५ लाख महिला प्रभावित भएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।भूकम्पप्रभावित १४ जिल्लाका महिलासँग छलफल गर्दा आफूहरूले हिंसामा परेको बताएको पत्रकारसम्मेलनमा अधिकारकर्मी चाँदनी जोशीले वताउनुभयो । ‘विपद्वाट जहिलेपनि महिला बढी पीडित हुन्छन्, भूकम्प प्रभावित जिल्लामा बलात्कार, बेचविखन र राहत पाउनवाट महिला बन्चित छन्,त्यसैले नीति कानुन महिलामैत्री हुनुपर्दछ ’ उहाँले भन्नुभयो ।

उक्त महिला समूहले यस सम्बन्धि अडान पत्र तयार गरेको जानकारी दिएको छ । विपद् र विपद्पछि गरिएका महिलामैत्री तथा लंैगिक संवेदनशील कार्य सम्बन्धि उपलब्धि,चूनौती तथा सिकाइलाई अभिलेख गरी आगामी दिनमा गरिने सम्पूर्ण विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई महिलामैत्री दृष्टिकोणवाट हेर्न अडानपत्रमा सुझाव तथा माग गरिएको छ ।

सो अडानपत्र १३ देखि १५ गतेसम्म हुने दक्षिण एसियाली क्षेत्रीय परमर्श कार्यक्रममा दक्षिण एसियाली देशका प्रतिनिधि समक्ष प्रस्तुत गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: