बालविवाह रोक्न गाह्रो भयो किशोरीलाई


प्रकाशित मिति :2016-11-23 15:31:41

महिला खबर

bal-bibaha-gareka-chatra-haru
बैतडी । बैतडीमा बालविवाहविरुद्ध किशोरीहरू आफै लागेका छन्, तर रोक्न निकै गाह्रो भएको बालविवाह न्युनिकरणका लागि गठित किशोरी समूहका सदस्यले बताएका छन् ।

बालविवाह न्युनिकरणका लागि जिल्लामा गठित किशोरी समूहले पहल थालेपनि स्थानीयबाट सहयोग नपाएको एकताबद्ध किशोरीबृत्तका अध्यक्ष कुन्ती भट्टले बताइन् ।

‘उमेर नपुगी विवाह गर्नुहुँदैन, पछि स्वास्थ्यदेखि अन्य धेरै समस्या आउन सक्छन्, त्यसैले आफ्ना छोराछोरीको उमेर पुगेरमात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन्छौं, तर हाम्रो अभियानलाई स्थानियले असहयोग गर्दा बालविवाह रोक्न गाह्रो भएको छ’ अध्यक्ष भट्टले भनिन् ।

पछिल्लो समयमा बालविवाह न्युनिकरणका लागि बालक्लब, युवाक्लबलगायत किशोरी बृत्त समूह सक्रिय भएपनि बालविवाह रोक्न नसकेको उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघिय जनसंख्याकोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बालविवाह रोक्न बिभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरेपनि बालविवाह न्यूनिकरण हुन नसकेको बताए । उनले भने ‘पहिलेको भन्दा अहिले मान्छेको सोचमा परिर्वतन आएपनि अझै सोचे अनुसार बालविवाह न्युनिकरण हुन सकेको छैन ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: