एच आई भी संक्रमित मलावीका पुरुष यौनकर्मीलाई जेल सजाय


प्रकाशित मिति :2016-11-24 13:03:15

महिला खबर

eric-hayana

एजेन्सी। महिलाको  शुद्धिकरणको गर्ने संस्कारको नाममा सय भन्दा बढी किशोरी तथा महिलासँग यौन सम्पर्क गर्ने एच आई भी संक्रमित मलावीका एक पुरुषलाई जेल सजाय भएको छ ।

मलावीमा बालिका र विधवा महिलालाई  शुद्धिकरणको गर्न पुरुष यौनकर्मी (हायना) लाई भाडामा ल्याइ यौन सम्पर्क गर्न लगाउने  कुसंस्कार छ ।  उनलाई संस्कारको नाममा हानिकारक गतिविधी गरेको भन्दै २ वर्षका लागि जेल सजाय तोकिएको हो।

४५ वर्षीया इरिक  एनिभालाई मलावीका राष्ट्रपति  पीटर मुथारीकाले जेल चलान गर्न आदेश दिएका थिए। गत वर्ष बिबिसी रेडियो डकुमेन्ट्रिमा आफू पुरुष यौनकर्मी (हायना) भएको र सय भन्दा बढी बालिका तथा विधवा महिलाको शुद्धीकरणका लागि उनीहरूसँग यौन सम्पर्क गरेको खुलाएका थिए। इरिकले भनेका थिए ‘मैले जत्तिसँग सम्बन्ध राखेँ उनीहरू मध्ये धेरै स्कुल जाने किशोरी छन्, कतिपय त १२ या १३ वर्षका थिए होलान’ ।

मलावीमा ‘शुद्धिकरण’का लागि बालिकाले पुरुषसँग यौन सम्बन्ध राख्नुपर्ने कुसंस्कार

दक्षिण मलावीको केही भेगमा त्यहाँको परम्परा अनुसार बालिका, किशोरी र विधवा महिलासँग यौन सम्पर्क गर्न  एकजना पुरुष यौनकर्मी भाडाका लिइन्छ । यी पुरुषलाई त्यहाँ हायना भन्ने गरिन्छ। यस्तो गर्दा नराम्रो आत्माबाट छुट्कारा पाइने र अन्य सम्भावित मृत्युबाट पनि बच्न सकिने परम्परागत मान्यता रहेको छ।

किशोरीहरूको पहिलो महिनावारीपछि उनीहरूकै आमावुवाको अनुरोधमा हायनालाई बोलाउने गरिन्छ र त्यसकामवापत उनलाई पैसा तिरिन्छ।

सजाय तोकिएका पुरुष यौनकर्मीले  भने आफू दोषी नभएको दाबी गरेका छन्। उनले भने ‘म निराश भएको छु, मैले सोचेको थिएँ की मलाई दिइएको सजाय फिर्ता गरिनेछ।’

उनीमाथि लैङ्गिक समानता ऐन अपराध लगाईएको छ। अहिले यो परम्परा निकै कम भइसकेको छ। यस्तो गर्नुको कारण किशोरीलाई कसरी राम्रो श्रीमती बन्ने भन्नेबारे सिकाउन र अन्य रोगव्याध तथा दुर्भाग्यबाट बचिने भन्ने विश्वास मलावियनमा रहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: