मौसमी फलफूल बेची मनग्गे आम्दानी गर्दै महिला


प्रकाशित मिति :2016-11-24 14:57:19

सर्मिला बुढाथोकी

  20161119_131335
दोलखा । दुबै हातभरी सुन्तलाका प्लाष्टिकका झोला, सार्वजनिक वस आयोकी हुरुरु झ्याल झ्यालमा आइपुग्छन् । दैनिक २१ /२२ जना महिला व्यापारी हिजो आज पहेंला सुन्तलाको दाना प्लाष्टिकको झोलामा भरेर बसको झ्याल झ्यालमा लिएर पुग्छन् । तामाकोसी बजारमा सुन्तलाको हार मिलाएर साना साना पसलमा व्यापार गर्ने महिलाह दैनिक जसो यात्रुले भरिएको बसको प्रतिक्षामा बसेका हुन्छन् ।

तामाकोसी पूल हुँदै जिरी, रामेछाप र काठमाडौंका लागि आवतजावत गर्ने बस रोकिन नपाउँदै सुन्तलाका पोका, केरा, चाउचाउ, विस्कुटलगायतका सामग्री बोकेर किन्न आग्रह गर्दैै बसको झ्याल झ्यालमा पुग्छन् यी महिला व्यापारी । बसको झ्याल झ्यालमा गएर व्यापार महिला गर्ने २० भन्दा बढी रहेको ती व्यवसायीले नै बताए ।

20161119_131850

लक्ष्मी सिलवालको परिवार दोलखाको तामाकोसीमा आएर व्यवसाय गर्न थालेको दुई दशक भयो । तामाकोशीको ताजा माछा, मौसम अनुसारका फलफूललगायतका सामान बेच्नु बारा जिल्ला स्थाई घर भएकी लक्ष्मीको दैनिकी हो । लक्ष्मीले भन्छिन् ‘चाड पर्वमा यात्रुको ओहोर दोहोर बढी हुन्छ, त्यस समयमा व्यापार पनि बढी हुन्छ । सुन्तलाको मौसममा सुन्तला बढी बिक्रि हुन्छ ।’

मासिक ८० हजार रुपैयाँसम्म आम्दानी हुने र सरदर मासिक ५० हजार रुपैयाँसम्म मुनाफा हुने गरेको लक्ष्मी बताउँछिन् । लक्ष्मी भन्छिन्– व्यापारबाट सन्तुष्टि भएपनि कहिले काँही यात्रुले बोल्ने अपशब्दले दुःख लाग्छ ।

दोलखा मिर्गेकी देवी राउत पनि यही व्यापारबाट चारजनाको परिवारको गुजारा चलाई रहेको बताउँछिन् । बस बसमा पुगेर व्यापार गर्नु कठिन छ, कतिपय यात्रुको अपशब्द सुन्नु पर्छ, तर व्यापारमा मुनाफा भने राम्रै छ’ – राउतले भनिन् ।

20161119_100202

नाम्दु गाविसकी गंगा रिमालको मुख्य आम्दानी पनि बस बसमा पुगेर मौसम अनुसारको फलफुल तथा बिभिन्न उपभोग्य सामान बिक्री गर्नु नै हो । यही व्यापारबाट उनले मासिक ६ हजार रुपैयाँ सहकारीमा बचत गर्छिन् । सामान्य गुजारा र छोरा छोरीको पढाईलाई यही व्यवसायबाट पुगिरेहको रिमालले बताईन् । रिमाल भन्छिन्– दिनभरी बसमा व्यापार गर्न दौडदा खुटा दुख्ने भएपनि सोचे जति आम्दानी हुँदा खुशी लाग्छ ।

ईन्दिरा पाण्डेले यो पेशाले नै घरखर्च चलाएको बताउँछिन् । पाण्डे भन्छिन्– ‘कहिले काहीँ राखेको सामान कुहिएर जाँदा घाटा भए पनि समग्रमा सानो परिवारको जिबिकोपार्जनलाई समस्या हुँदैन । यो व्यापारमा २२ जना महिला रहेका छन्, धेरै व्यापार हुँदा १ जनाले दैनिक ८ देखि १० हजार रुपैयाँसम्मको सामान बेच्ने गरेको र मुनाफा २ हजारसम्म हुने गरेको बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: