बन्दीगृहमै  सुत्केरी


प्रकाशित मिति :2016-11-24 15:35:36

महिला खबर

 रोल्पा  । रोल्पाकी एक महिलाले कारागारमा बच्चा जन्माएकी छन् । सात वर्षीया छोरीको हत्या अभियोगमा जिल्ला कारागार रोल्पाको बन्दीगृहमा रहेकी २९ वर्षीया धना बुढाथोकीले बुधवार छोरी जन्माएकी हुन् ।

गत असोज २५ गते दशैँको टीकाको दिन आफ्नै सात वर्षीया छोरीको हत्या गरेको अभियोगमा  उनलाई थुनामा राखिएको प्रहरीले जनाएको छ । बन्दीगृहमै सुत्केरी भएकी बुढाथोकी र उनको बच्चाको अवस्था सामान्य रहेको छ ।

सुत्केरीलाई कपडा,साडी, सुत्केरी अवधिभरका लागि  एक हजार रुपैयाँ, प्रत्येक दिन ७०० ग्राम चामल, ५० ग्राम ज्वानोलगायतका खाद्यान्न दिएको कारागार कार्यालय रोल्पाले जनाएको छ ।   जाडोमा लगाउने कपडा नहुँदा आमा बच्चा दुबैलाई समस्या भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुढाथोकी जेल परेदेखि अहिलेसम्म घर परिवार उनलाई भेट्न आएका छैनन् । उनको घरमा श्रीमान र तीन वर्षीय छोरा  रहेको बताइएको छ ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: