ईनारबाट पानी तान्दा महिलालाई पाठेघर खस्ने समस्या


प्रकाशित मिति :2016-11-24 15:36:50

यमुना खनाल

water-scarcity

सिरहा । सिरहाको धनगडी नगरपालिका चैनपुरवासी एउटामात्रै बोरिङको पानीमा भर पर्नु परेको छ । महिला रात भरी जागै बसेर पानी लिन लाईन बस्नुपर्ने बाध्यता छ ।

महिला कति बेला पालो आउँछ भनेर रातभरी जागै बस्छन् । पानी आयो बिचैमा लाईन् कट्छ, पानीका कारण आफन्तमा समेत झगडा हुन्छ’ स्थानीय चन्द्रिका महतोले भनिन् ।

खानेपानी समस्याले धेरै गाउँले बसाई सरेर गएको महतो वताइन् । घरका पुरुष बिदेश गएकाले महिलालाई सबै काम गर्नु पर्दा थप समस्या झेल्नु परेको उनी वताउँछिन् ।

एक घरका परिवारले दुई भाँडाका दरले पालैपालो पानी पाउने हुँदा एकजना पानीकै लागि खटिनुपर्ने बाध्यता रहेका स्थानीय रत्ना साहले वताइन् । भएको बोरिङमा समेत पानी नआउँदा पाँच किलो मिटर टाढा रहेको इनारमा पानी लिन जानुपर्ने बाध्यता भएको उनले बताइन् ।

सो गाउँमा एउटामात्र बोरिङ भएकाले २० वटा घरलाई १०/१० भाँडा पानी पाउने नियम गाउँलेले बनाएका छन् ।

साह भन्छिन् ‘ईनारको ८० हात गहिराईमा पानी हुन्छ, दुईहातले पानी तान्दा तान्दै धरै महिलालाई पाठेघर खस्ने र गर्भवती भएको बेलामा समस्या आएका छ, तर हाम्रो समस्या कसले बुझ्छन् र ? चार कोष टाढा गएर, टाउकोमा चालिस लिटरका पानीका भाँडा बोकेर आउनु पर्छ । ’

चुरे बिनासका कारण सिरहाका उत्तरीक्षेत्रका पानीका मुहान सुकेकाले त्यस क्षेत्रमा खानेपानीको समस्या निकै छ । यसको समाधान गर्न ठूलो आयोजना नै बन्नु पर्ने भएकाले दिर्घकालिन योजना नै हुनुपर्ने सिरहा क्षेत्र नम्बर चारका सांसद रामचन्द्र यादब बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: