रोएरै हिंसा लुकाउन विवश छन् महिला


प्रकाशित मिति :2016-11-25 10:00:02

पार्वती पाण्डे
कपिलवस्तु । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट शुरु हुँदैछ । यस वर्षको “नारा घर शान्ति नै विश्व शान्तिको आधार , दिगो विकासका लागि लैंगिक हिंसारहित समाज” भन्ने नारा रहेको छ । लैंगिक हिंसाविरुद्धको अभियान चलाएको लामो समय भए पनि यसले सार्थकता पाउन सकेको छैन । महिलामाथि कुनै न कुनै प्रकारका हिंसा भइ नै रहेका छन् ।

कपिलवस्तु वाणगंगाकी – नविना शर्मा (नाम परिवर्तन) को दैनिकी दिनहुँ रोएरै वितेको छ, श्रीमानले दुःख दिएकै कारण । ससाना छोरा छोरी छन् । आफ्नो जागिर छैन । दिनहुँ श्रीमानले नानाथरी गाली गर्दा पिडै पिडा खेप्न विवश छन् उनी । त्यो पिडालाई सहन गाह्रो भए पनि उनी सार्वजनिक हुन चाहन्नन् ।

आफूले कमाई नगरेकै कारण श्रीमानबाट गाली खान वाध्य हन् उनी । जमुना पौडेल (नाम परिवर्तन) पनि श्रीमानकै यातनाले सधैँ रुनु पर्छ । उनलाई पनि श्रीमानले कुनै जागिर खान नसक्ने भनी यातना दिन्छन् । छोरा छोरीका अगाडि रुन पनि गाह्रो श्रीमानको गाली सहन पनि साह्रो । त्यो पिडालाई मानसिक रुपमै खेप्न जमुना विवश छन् । समाजमा शिक्षित मान्छेबाटै महिला अपहेलित हुने गरेका छन् । आर्थिक रुपले सक्षम नभएका कारण महिला हिंसामा पर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा ७०/७१ मा घरेलु हिंसा २१४, लैंगिक हिंसा २ सय ६३ रहेका छन् । जसमा घरेलु हिंसाका २ सय २१ र लैंगिक हिंसाका १ सय ९९ उजुरीलाई मेलमिलाप गराईएको छ । त्यस्तै ७१ /७२ मा १ सय ७६ घरेलु हिंसा र १ सय ४९ लैंगिक हिंसा रहेका छन् जसमध्ये घरेलु हिंसाका १ सय ८ र लै‌ंगिक हिंसाका ९४ उजुरी मिलाईएको छ । यस्तैगरि ७२/७३ मा घरेलु हिंसाका २०२ घरेलु हिंसामा १ सय ३७ मेलमिलाप गरिएको छ । ६५ मुद्दा प्रक्रियामा रहेका छन् ।

कार्यालयमा आउने उजुरी विगतमा भन्दा कम हुँदै गएको प्रहरीको भनाई छ । जिल्लामा आएका घरेलु हिंसाको उजुरी दर्ता गरी कारवाही गर्ने निकाय प्रहरी नभएकाले आएका उजुरीलाई मिलेसम्म मेलमिलाप गराइएको प्रहरीको भनाई छ । मिल्न नसकेका मुद्दा सिधै अदालतमा जान्छन् ।

जिल्ला प्रहरी कार्यालयको महिला सेलमा आउने अधिकांस उजुरीमा श्रीमानले श्रीमतीलाई मदिरा सेवन गरी गालीगलौज गर्ने, कुटपिट, खान लाउन नदिने, मानसिक यातना दिने, विवाह दर्ता र नागरिकता नदिने उजुरी लिएर आउने गरेको महिला सेलका प्रमुख इन्दीरा गिरीले जानकारी दिइन् । कार्यालयमा आउने यस प्रकारका पीडितलाई पिडकसँग राखेर सम्झाई वुझाई गरी आइन्दा पुनः गल्ति नगर्ने सहमतीमा मेलमिलाप गरिने गरिएको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: