महिला हिंसाविरुद्ध जागरण र कानुनी कारबाहीमा जोड दिनुपर्छः राष्ट्रपति


प्रकाशित मिति :2016-11-25 14:35:30

महिला खबर

Prez 1

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु परिवार, समाज र राज्यमा बराबर हिस्सा राख्ने सम्मान र प्रतिष्ठाका हकदार हुन् तर बोक्सीको आरोप, दाइजोको लेनदेन, छाउपडी जस्ता कुप्रथा कानुनले निषेध गरिसक्दा समेत अन्धविश्वास र चेतनाको कमीले गर्दा अहिले पनि हाम्रो समाजमा उनीहरु हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य छन् भन्दै राष्ट्रपतिले समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनुपर्ने र महिलाविरुद्ध हिंसा गर्नेलाई कानुनी कारबाही गर्न राज्य संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।

सामाजिक रुपमा समेत महिला हिंसालाई निषेध र निरुत्साहन गरी उनीहरुविरुद्ध हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसले मर्यादित समाज निर्माण गर्न सबैमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि राष्ट्रपतिले गर्नुभएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: