मादक पदार्थ सेवनका कारण घरेलु हिंसा


प्रकाशित मिति :2016-11-25 15:00:29

करिश्मा चौधरी
सुर्खेत । महिला तथा बालबालिका कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षको पहिलो ४ महिनामा महिला हिंसाका एघार वटा घटना दर्ता भएका छन् ।

ती मध्य घरेलु हिंसाका घटना धेरै छन् । महिलाहरु विशेष गरी श्रीमानबाट हिंसामा पर्ने गरेका छन् । श्रीमानले लागु पदार्थ सेवस गर्ने र महिलालाई कुटपिट गर्नेगरेको महिला तथा बालबालीका कार्यालय सुर्खेतकी महिला विकास निरिक्षक उमा पोखे्रल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘महिला माथि बिगतमा पनि हिंसा थियो, अहिले पनि भैराछ । तर, बिगतमा हिंसाका घटना बाहिर आउन सकेका थिएनन् । अहिले महिला दीदी बहीनी पनि सचेत बन्नुभएको र नेपाल सरकारको विभिन्न कार्यक्रम तथा आम सञ्चारका माध्यमहरु बाट घटना बाहिर आईरहेको छ । त्यसैले हिंसाका घटना बढेको जस्तो महसुस भएको हो । ’

सरकारी तथा गैर सरकारी क्षेत्रबाट विभिन्न कायर्क्रम हुँदा हुँदै पनि हिंसा रोकिन नसकेको अवस्था अत्यन्त दुखद् रहेको पोखे्रलको भनाई छ ।

महिलामाथी शारिरीक, मानसिक, आर्थिक तथा योनजन्य हिंसा हुने गर्छन् । ती मध्य पनि सबैभन्दा धेरै महिलाहरु शारिरीक हिंसामा पर्नेगर्छन् । मानसिक हिंसामा पर्ने महिलाको संख्या पनि उच्च छ । महिलाहरु आर्थिक हिंसाको पनि सिकार बनेका छन् । महिला र पुरुषले उस्तै प्रकृतीका समान काम गर्छन् तर पारिश्रमीक पुरुषको तुलनामा थोरै पाउँछन् ।

महिला विकास निरिक्षक पोख्रेल भन्नुहुन्छ, ‘कतिपय अवस्थामा कस्तो भाछ भने, दलको आडमा हिंसा गर्ने ब्यक्तिलाई संरक्षण गरिरहेको देखिन्छ ।’ त्यसैले राजनितिक दलहरुको पनि महिला हिंसा कम गराउन प्रतिबद्धता रहनुपर्छ भने परिवार र समुदाय सचेत हुनुपर्छ । हिंसा गर्ने जो कोही होस उसलाई कानुनी दायरामा ल्याउनका लागि परिवार र समुदाय जागरुक हुनुपर्ने पोख्रेल बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: