स्वास्थ्य केन्द्रमा प्रसूति गराउनेको संख्या बढ्दो


प्रकाशित मिति :2016-11-25 15:50:25

सर्मिला बुढाथोकी

टेन्टमा सञ्चालित दोलखा स्वास्थ्य केन्द्र

टेन्टमा सञ्चालित दोलखा स्वास्थ्य केन्द्र

दोलखा । जिल्लाको विभिन्न स्वास्थ्य केन्द्रबाट प्रसूति सेवा दिन थालिएपछि अहिले दोलखामा स्वास्थ्य केन्द्रमा पुगेर सुत्केरी गराउने महिलाहरुको संख्या ३८ प्रतिशतले बृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

दोलखा जिल्लामा अहिले ३० वटा स्वास्थ्य केन्द्रमा प्रसुति सेवा र जिरी स्थित जिल्ला अस्पताल र सदरमुकाम चरिकोटमा रहेको प्रस्तावित चरिकोट अस्पतालमा अप्रेसन सहितको प्रसुति सेवा दिन थालेपछि स्वास्थ्य केन्द्रमा आएर सुत्केरी गराउने महिलाको सख्यामा बूद्वि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको पब्लिक हेल्थ नर्स श्रृजना लिङ्थेपले बताईन ।

सामाजिक परिक्षणको क्रममा प्रशुति सेवा बारे छलफल गर्दै स्वास्थ्य स्वयम सेवी तथा स्वास्थ्यकर्मीहरु

सामाजिक परिक्षणको क्रममा प्रशुति सेवा बारे छलफल गर्दै स्वास्थ्य स्वयम सेवी तथा स्वास्थ्यकर्मीहरु

तर दक्ष जनशक्तिको अभाव र आवश्यक उपकरणको अभावमा सोचेजति सेवा दिन नसकिएको लिङ्थेपले बताईन ।सुरक्षित प्रसूति सेवाको लागि दक्ष प्रसूतिकर्मी (एसबिए) तालिम प्राप्त स्वास्थ्यकर्मी र अनमि अनिर्वाय रुपमा आवश्यक पर्ने भएपनि प्रसूति सेवा दिदै आएको चंखु, सुन्द्रावती, पवटी, सिंगटी, मेलुङ र काटाकुटी स्वास्थ्य चौकीमा दक्ष प्रसूतिकर्मी नभएको र मेलुङ, झुले, चंखु, शैलुङ्गेश्वर, मागापौवा, विगु, भीरकोट र खोपाचागु स्वास्थ्य केन्द्रमा अनमि नभएकोले आवश्यकता अनुसार प्रसूति सेवा दिन नसकिएको लिङ्थेपले बताईन ।

दोलखा जिल्लामा अहिले २७ जना दक्ष प्रशुतिकर्मी रहेको र अहिले निक्साईमन शोसाईटि र शेभ द चिल्ड्रेनको सहयोगमा ८ जना स्वास्थ्यकर्मीलाई दक्ष प्रसूतिकर्मी (एसविए) तालिमको लागि पठाईएको लिङ्थेपको भनाई छ । दोलखा जिल्लामा रहेका प्रसुति सेवा केन्द्रहरुमा नियमीत गर्भ जाँच र सामान्य अवस्थाको सुत्केरी गराउन कुनै समस्या नभए पनि जटिल खालको समस्या आउदा सक्सन मेशिन, भ्याकुम लगातका प्रविधिको अभाव रहेको जनाईएको छ । हामी जिल्लामा रहेको ३० वटै प्रसूति केन्द्रमा दक्ष प्रसूतिकर्मी र आवश्यक उपकरण चाँडै पुर्‍याउने प्रयत्नमा छौ – लिङ्थेपले भनिन् ।

3

भुकम्प पछि अधिकांश स्वास्थ्य केन्द्रको भवन भत्कीएकोले सहज ढङ्गले सेवा दिन समस्या रहेको लिङ्थेपको भनाई छ । जिल्लामा रहेको प्रसूति केन्द्र मध्ये ५ वटा टेन्टमा सञ्चालन भै रहेको र केहि केन्द्र भने क्षतिग्रस्त भवनमै सञ्चालन भै रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । कार्यालयका प्रमुख डा राजेन्द्रप्रताप शाह स्वास्थ्य केन्द्रका क्षतिग्रस्त भवनको मर्मत तथा नयाँ निमार्णको लागि बिभिन्न संघ संस्थासंग समन्वय भै रहेको बताउछन् । प्रमुख शाहले प्रसूति केन्द्रबाट सहज र सुरक्षित प्रसूति सेवा दिनको लागि सबै केन्द्रमा तालिम प्राप्त दक्ष प्रसूतिकर्मी राख्ने प्रयास भै रहेको पनि बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: