नागरिकताको धितोले भइन् सफल उद्यमी


सुदूरकी महिला उद्यमीको संघर्षयात्रा

प्रकाशित मिति :2016-11-27 12:51:56

खेमा बस्नेत

 15240143_814636185342909_729381643_n-1

धनगढी । मुस्किलले सिकेको सिप काम लाग्छ कि लाग्दैन भन्ने अनिश्चय उनमा थियो । महिला शिल्प कलाबाट सिकेको बुनाई तालिम उपयोग हुने आधार नहुँदा लामो सयमसम्म विचलित अवस्थामा भइन् चम्पादेवी हमाल ।

१५ वर्षको उमेरमा विवाह रामप्रकाश हमालसंँग भयो । सानैमा आमाबुबाको देहान्तपछि रामप्रकाश घरका एक्ला थिए । धनगढीमा घडी मर्मत गरेर गुजरा चलाउँथे ।

एक्लो भएकाले दु :ख–सुख बुझ्ने होलान्, भन्ने अपेक्षाले कलिलो उमेरमा विवाह गर्न चम्पा राजी भइन् । विवाह पछि अलपत्र छोडेर रामप्रकाश भारत पसे । स्वार्थी दुनियाँकी वेसाहरा पात्र बनिन्, उनी । श्रीमानले छोडेपछि उनीसंग जीउने आधार शिल्पकला सिप । निःशुल्क सिकाइने भएकाले महिला विकास तालिम केन्द्रबाट चम्पाले शिल्पकला सिकेकी थिइन् ।

अभावको दुनियाँमा बाँचेका निमुखाको साहारा दैव पनि हुँदैन । त्यसै भयो उनको जीवनमा । हातमा भएको एकसरो सिप । गर्भवती अवस्थामा जीवनसाथीले विचमै छोडेर जादा ‘सुन्दर शहरको चोकमा सुकेको रुख झै’ भयोे उनको जीवन । माइतिको अवस्था कमजोर थियो । अरु आफन्त छैनन् । यसो हुँदा पनि जीवनप्रतिको हरेस खाइनन् । यसै कुरालाई आत्मसाथ गर्दै जीवनको संघर्ष यात्रालाई अघि बढाइन् ।

श्रीमानले छोडेर हिडेपछि आफन्त थिएनन । उनलाई पुख्र्यौली घर कहाँ हो समेत थाहा थिएन् । न त सानैमा टुहुरो बनेका श्रीमानलाई नै थाहा थियो । ‘मलाई पुख्र्यौली घर कहाँ भन्ने नै थाहा थिएन । आमाबुबा(सासुससुरा) नभएकाले श्रीमान धनगढीमा बस्थे । ‘म अलपत्र परे, कता जाने कुनै कुरा सोच्न सकिनँ ।’ उनले भनिन्

वर्षे भेलले किनारा लगाएको कसिङ्गर बनेकी उनीसंग माइतिको साहारा लिने मात्र विकल्प थियो । त्यसैले विवाह गरेको एक वर्षमै अर्थात १६ वर्षको उमेरमा माइतिमा गएर बसिन् ।

संघर्षको ज्वलन्त यात्रा बढ्यो । आफूले सिकेको सिपको उपयोग गर्ने निधो गरिन् । त्यसैलाई निरन्तरता दिन सिप विकास केन्द्रबाट सिलाई कटाई थप तालिम लिइन् ।

शिक्षकको सिकाएको तालिम संगै अभावले सिकाएको शिक्षा पनि उनमा थियो । त्यसैले प्रशिक्षार्थीहरुमध्ये चम्मा अब्बल भइन् । सिप विकास केन्द्रले ग्रामिण महिलालाई पनि तालिम दिन्थ्यो । उनले धेरै समय सिप विकासको प्रशिक्षकको रुपमा गाउँका महिलालाई तालिम दिइन् । सो वापत सामान्य आम्दानी हुन थाल्यो ।

चम्पाले धेरैसमय कञ्चनपुरका गाउँ गाउँमा गएर महिलालाई तालिम दिइन् । महिला हुनुको नाताले टाढा गएर काम गर्न निक्कै असहज थियो । तर, टाढा भएपनि उनको आवश्यकताले धेरै समयसम्म गाउँ गाउँ गएर काम गरिन् ।

सिप विकासले गाउँ बाहेक शहरमा पनि तालिमका कार्यक्रम सञ्चालन गर्‍यो । नजिक वा शहरतिर पारिदिन अफिसमा आग्रह गरिन् । तर अफिसवाट अस्वीकार भएपछि जागिर छोडे फेरी आर्थिक अभाव हुन थाल्यो । कमाएको पैसा पनि खर्च चलाउनमै सकिएपछि उनीसंग कुनै उपाय रहेन । आफ्नै पसल खोलेर बस्नलाई पैसा भएन । बेरोजगार बस्दा हातमुख जोर्न धौ पर्‍यो । के गर्ने र कहाँ जाने भन्ने उनुत्तरित प्रश्नले उनलाई सताइरह्यो ।

व्यवसायिक यात्रा

15211649_814636208676240_2126329753_n
चम्पाको क्षमता र इच्छाशक्तिबारे धेरै जानकार थिए । कृषि विकास बैकले ऋण दिन मञ्जुरी गर्यो । तर, उनीसँग धितोको लागि कुनै ज्येथा थिएन । उनीसंगै पत्याउने आधार नभएपछि उनका बुबाले जमानत दिए । छोरीले पैसा नतिरे आफूतिर्ने बुबाको मञ्जुरी पछि बैकले चम्पाको नागरिकता धितोमा सिलाई मेसिन उपलब्ध गरायो । यो सँगै बैकले आफ्नो विश्वासमा दुई कोठा भाडामा खोजी दियो ।

‘मैले पसल राख्ने सोच बनाए पनि पैसा थिएन । बुबाले बैकका हाकिमसंग छोरीले पैसा नतिरे आफूतिर्छु भनेपछि मेरो नागरिता धितो लिई मेसिन उपलब्ध गराइयो ’ चम्पाले भनिन् ‘मेसिन पाएपछि मैले पसल सुरु गर्न सफल भए ।’

२०४६ सालमा चम्पाले सिलाइकटाई पसल राखिन् । एक मेसिनले धेरै कमाइ हुँदैनथ्यो । उनले एउटै मेसिनमा दिनभर कपडा सिलाउने र खाली समयमा सिलाईकटाइ तालिम सिकाउने काम गर्न थालिन् ।

कमाइ हुन थालेपछि अधारोमा लिएको मेसिनको पैसा बुझाइन् । पुरानो पैसा चुक्ता गरेपछि बैकले फेरी अर्को मेसिन उपलब्ध गराइदियो ।
१२ सय रुपैयाँ सटरको भाडा र मेसिनको किस्ता तिरेर पनि ससानो बचत गर्न थालिन् ।

चम्पाको कामको प्रशंसा र खिसी गर्ने उत्तिकै थिए । धेरैले श्रीमान छोडेर यस्तो काम गर्न थालि भली हेप्थे । महिलाहरु समेत कर्के आखा लगाउथे । उनको कुरा काट्थे ।

तर, समाजको अपहेलनालाई सहन गर्दै चम्पाले कर्मयात्रालाई सबल बनाउदै गइन् । आफ्नो समस्या आफै संग छ, दुनियाँले जे भननुन र गरुन उनलाई वास्ता थिएन् ।

त्यही पसलबाट पैसा कमाएर चम्पाले पसल पनि बढाउँदै गइन् । महिलाहरुलाई सिप सिकाउँदै गइन् । विस्तारै उनको लोकप्रियता बढ्यो । समाजमा उनको प्रशंसा हुन थाल्यो ।

मेरो कामको प्रशंसा महिला भन्दा पुरुषले गर्थे । वरपरका पसलका मान्छेले घरमा श्रीमतिलाई चम्पाले यस्तो काम गरिरहेकी छिन् । तिमीहरु घरमै बसिरहन्छौ तालिम सिकेर काम गर भन्थे ’ चम्पाले भनिन् ‘यो कुरा म कहाँ तालिम लिन आउने महिलाले श्रीमानले यसरी भन्यो भन्थे ।‘

चम्पाले पसल मात्रै बढाइनन्, उनले आफ्नो सिप, सोच र आँटलाई समेत बढाउदै गइन् । उनले २०५७ सालबाट दिनेश होजियारी उद्योग सञ्चालन गरिन् । त्यसको लागि उनले आधुनिक किसमका जापानीज मेसिन ल्याएर होजियारी सामान उत्पादन गर्न थालिन् । उनको उद्योगको सामान धनगढी हुदै विस्तारै सुदूरपश्चिमका सबै ठाउँबाट माग हुन थाल्यो ।

होजियारी उद्योग सञ्चालन गरेपछि चम्पालाई उद्योगको सफलतामात्रै हात परेन । उनलाई छोडेर विदेशिएका श्रीमानको मन पनि जितिन् । श्रीमान रामचन्द्र मुम्बइमा काम गर्थे । चम्पाले उत्पादन गरेको सामान उनका आफन्तले मुम्बइ लगेको वेला श्रीमानले फेला पारेपछि उनी मुम्बइको जागिर छोडेर श्रीमतिलाई साथ दिन घर फर्के ।

‘श्रीमान घर फर्केपछि मिलेर काम गर्न थाल्यौ’ उनले भनिन् ‘उहाँले हरेक काममा सघाउन थालेपछि मलाई सजिलो भयो ।’ जीवनको लामो समय संघर्षमा विताएकी उनको परिचय २५ वर्षको अवधिमा फेरिएको छ । उनको नाम सुदूरपश्चिमको उद्यमी महिलाहरुमध्ये अग्रस्थानमा आउन थालेको छ । उनी सफल महिला उद्यमी बनेकी छिन् ।

चम्पाले सानैदेखि पढ्न पाइनन् । कक्षा ९ मा पढ्दापढ्दै विवाह भएपछि शिक्षालाई अगाडी बढाउन सकिनन् । औपचारिक शिक्षा प्राप्त गर्न नसकेपनि अनुभव र परिपक्कताले उनी खारिएकी छिन् ।

चम्पा अहिले आफूमात्रै उद्यमी होइन अरुलाई पनि उद्यमशीलतातिर आकर्षित गर्न उद्यत छिन् । दिनभर उद्योगमा व्यस्त रहने भएपनि तालिम लिन चाहने महिलाहरुलाई निशुल्क तालिम तथा पे्ररणा दिइरहेको उनी बताउँछिन् ।

‘मेरो जस्तो दुःख अरुले नपाओस भन्ने चाहन्छु । म सबैलाई सानोठूलो काम नभनिकनै लगनशील भएर लाग्न भन्दै आएकी छु’ उनले भनिन् ‘म कहाँ आउने सबैलाई पैसा नलिइकनै तालिम सिकाउँछुु ।’

चम्पाले अहिले वार्षिक १५ देखि २० लाख कमाउने गरेको बताइन् । नागरिता धितोले मेसिन नपाएको भइ अहिलेको अवस्था कल्पना सम्मान गर्न नसक्ने उनी बताउँछिन् । अहिलेको सफलता अनेक्षित भएको उनले बताइन् । उनको उद्योगमा अहिले ३२ जना कर्मचारी छन् । ‘मैले यहाँ पुगौला सोचेकी थिइन् उनी भन्छिन् ‘बैकले मेसिन नदिएको भए मैले पसल गर्न सक्दिनथे । नागरिता धितोले पाएको मेसिन र मेरो ठूलो संघर्षले यहाँ पुगेकी छु ।’

यहाँसम्म आइपुग्दा उनले दाममात्रै कमाएकी छैेनन् । चौतर्फी उनको प्रशंसा र सम्मान हुने गरेको छ । उद्योग मन्त्रालयवाट सफल उद्यमीको सम्मान तथा पुरुस्कार पाइसकेकी छन् भने नेपाल घरेलु महासंघ, कैलाली उद्योगवाणिज्यसंघ कैलाली, मौरीपालन व्यवसायी संघबाट उत्कृष्ट उद्यमी महिलाको रुपमा सम्मानित भइसकेकी छिन् ।

अहिले आफूसंग कुनै चिजको अभाव नभएपनि विगत सम्झदा दुःख लाग्ने गरेको उनी बताउँछिन् ।‘मलाई सबैको साथले यहाँ पुर्यायो । उनले आशु झार्दै भनिन् ‘यो समाजले मेरो कुरा कति काट्थ्यो त्यसको बयान गर्न सक्दिन ।’

चम्पाका २ छोरा र बुहारी छन् । आफू र श्रीमानले व्यवसाय सम्हालेका छन् । उनले त्यही उद्योगको कमाइबाट धनगढीमा दुइतले घर बनाएको उनले बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: