छिटो छरितो न्याय : आत्रेय


प्रकाशित मिति :2016-11-27 15:55:51

पार्वती पाण्डे

adalat
कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश विश्व मंगल आत्रेयले सेवाग्राहिलाई छिटो छरितो न्याय प्रदान गर्ने वताउनु भएको छ । अदालतले छिटो छरितो न्याय :सवैका लागि न्याय दिने भन्दै कोहि पनि अन्याय सहेर नबस्न उहाँले आग्रह गर्नुभयो । ‘आर्थिक रुपले विपन्न परिवार पिडित भएको खण्डमा पनि कार्यालयले वैतानिक वकिल राखि पिडितको न्यायको लागि सहयोग गर्दै आएको छ ।, अदालती कार्यविधिलाई पारदर्शी बनाई न्यायको पहुचलाई सहज र विश्वसनिय बनाउने अदालतको उद्देश्य हो । ’ आत्रेयले भन्नुभयो ।

जिल्ला अदालत कपिलवस्तुमा २०७१ / ०७२ मा परेका मुद्धाका आकडा हेर्दा जवरजस्ती करणीका मुद्धा ४९ र सर्वोच्च अदालतमा ७ सय ९८ मुद्वा दर्ता भएका थिए । मानववेचविखनको मुद्धा १२ र सर्वोच्च अदालतमा ३ सय ३९ वटा मुद्वा दर्ता भएको थियो । जिल्ला अदालतमा परेको वहुविवाहको मुद्धा १० र सर्वोच्च अदालतमा १ सय ४१ वटा मुद्वा परेको थियो । त्यसैगरी घरेलु हिंसाका १८ मुद्धा र सर्वोच्चमा भने शुन्य रहेको छ । मानाचामलको मुद्धाको संख्या ३ र सर्वोच्चमा ५३ वटा मुद्वा परेको थियो ।

नाताकायम १८ र सर्वोच्चमा ४८ वटा मुद्वा । अदालतमा परेको जारी मुद्धामा १० र सर्वोच्चमा १५ मुद्धा परेको थियो । सम्बन्ध विच्छेदमा १ सय ४० र सर्वोच्चमा ४५ मुद्धा परेको थियो । नेपालमा कुल विवाहित महिला मध्ये ६६ प्रतिशतमा हिंसा भएको छ , जसमध्ये ८० प्रतिशत महिला आफ्नै श्रीमानबाट हिंसामा पर्ने आत्रेयले जानकारी गराउनु भयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: