अपाङ्गमैत्री संरचना निर्माण गर्ने आग्रह


प्रकाशित मिति :2016-11-27 16:11:47

महिला खबर
सिन्धुपाल्चोक । अब बन्ने संरचना अपाङ्गमैत्री हुनुपर्ने राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आग्रह गरेको छ ।  राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आयोजना गरेको पुन निर्माण प्रक्रियामा अपाङ्गको समावेशी सम्वन्धि सरोकारवाला सँग गरेका अन्तक्रियामा सो वताएका हुन् । जिल्लामा एकसाथ आवास संरचना वन्दै छन् । कतिपय संरचना पुरा हुन लागेका छन् । कतिपय संरचनाको नक्सा पास भईसकेका छन् । तर कुनैपनि संरचना भूकम्प भन्दा अरु कुनै सवाल नसमेटिएको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय सदस्य गुणराज लोहनीले वताए ।

बालबालिका, महिला र अपाङ्ता भएका नागरिकको हितमा पुननिर्माण गर्न महासंघले आग्रह गरेको छ । महासंघका केन्द्रिय सदस्य लोहनीले भने,‘हामी पनि यो समाजका नागरिक हौ, जवसम्म अपाङ्मैत्री संरचना वन्दैनन् अपाङ्हरु अघि वढ्न सक्दैनन् ।’ सार्वजनिक महत्वका कार्यालयहरु प्रति लक्षित गर्दै लोहनीले भने,‘पुन निर्माण पछि पनि कार्यालय प्रमुख सवैभन्दा माथिल्लो तलामा वस्नैपर्ने, शौचालय अगाडी सिँडीमा राख्नैपर्ने, धारा अग्लो हुनैपर्ने जस्ता सोच परिवर्तन हुन सकेको छैन ।’ उनले पुननिर्माण अपाङ्मैत्री वनाउन सवैलाई आग्रह गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: