भुकम्प पछि जवरजस्ती करणीको घटना बढ्दै


प्रकाशित मिति :2016-11-27 16:42:23

सर्मिला बुढाथोकी

police-n
दोलखा । दोलखा जिल्लामा भुकम्प पछि जवरजस्ती करणीको घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७२/०७३ मा जर्वजस्ति करणीका १५ वटा घट्ना दर्ता भएका छन् ।

त्यसमा पनि ९ वटा घट्नामा १५ बर्ष मुनिका बालिका पिडित भएको प्रहरीले जनाएको छ । भुकम्प पछि असुरक्षित बासस्थानका कारण जवरजस्ती करणीको घट्नामा बृद्धि भएको घट्ना प्रकृतिले देखाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले बताउनुभयो । भुकम्प पछि टहरामा बस्नु पर्ने, समुहमा बस्नु पर्ने जस्ता कारणले जवरजस्ती करणीको घट्नामा बृद्धि देखिएको प्रहरी निरीक्षक कुर्मीको भनाई छ ।

प्रहरी तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७०/०७१ मा जवरजस्ती करणीका ९ वटा घट्ना दर्ता भएका थिए । जसमा ४ वटा घट्नामा पिडित १५ बर्ष मुनिका बालिका रहेका थिए । त्यसैगरी आर्थिक बर्ष ०७१/०७२ मा पनि जवरजस्ती करणीका ९ वटा घट्ना दर्ता भएका थिए । जसमा ४ वटा घट्नाका पिडित १५ बर्ष मुनिका बालिका थिए ।

त्यसैगरी विनाशकारी भुकम्प पछि आर्थिक बर्ष ०७२/०७३ मा यो घट्ना बढेर १५ वटा पुगेको प्रहरी निरीक्षक कुर्मीले बताउनुभयो । आर्थिक बर्ष ०७३/०७४ को असोजसम्म जवरजस्ती करणीको ३ वटा घट्ना दर्ता भएको र त्यसमा २ वटा घट्नाको पिडित १५ बर्ष मुनिको बालिका रहेको प्रहरी निरीक्षक कुर्मीले बताउनुभयो ।

प्रहरी तथ्याङ्क अनुसार तीन बर्ष यताको जवरजस्ती करणीको घट्नाका अधिकांश पिडकले कानुनी सजाय पाएका छन् भने थोरैलेमात्र सफाई पाएको देखिएको छ । केहि पिडक भने नाबालकनै भएकोले उनीहरुलाई बालसुधार गृह पठाईएको तथ्याङ्कले देखाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: