बीसवारीमै आमा बन्ने बढे


प्रकाशित मिति :2016-11-28 10:00:55

बेलिना थापा

sutkeri

लमजुङ । लमजुङको नौथरकी बुद्धमायाँ गुरुङले १७ वर्षको उमेरमा कार्तिक २६ गते पहिलो बच्चा जन्माइन् । ‘बेलैमा नानी हुर्काएपछि आफू कामका लागि फुर्सद भइन्छ,’ लजाउँदै उनले भनिन्’ धेरै पछि किन कुर्ने काम सकिएपछि ढुक्क ।’ बुद्धमायाँले आफुखुसी गत माघमा बिहे गरेकी थिइन् । बिहे गरेको १० महिनामा उनले बच्चा जन्माइन् ।

बेसीशहर नपा ११, की १९ वर्षीय रोसिना वेगमले पनि यहि यसै साता बच्चा जन्माइन् । लमजुङमा कलिलो उमेरमा बच्चा जन्माउनेको संख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ मा ७ सय ५३ जनाले उमेर नै नपुगी बच्चा जन्माएका छन् । सो संख्यामा रहेका सबै १९ बर्ष भन्दा मुनिका रहेको कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत अम्विका केसीले बताइन् ।

उनले भनीन् ‘पछिल्लो समय कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउने बढी छन्, जस्ले गर्दा उनीहरुको स्वास्थ्यमा समस्या बढेको छ, भने दैनिक जीवनमा समेत निरपन बढेको छ ।’

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ मा जिल्लामा सबैभन्दा बढी भोर्लेटारमा २६ जनाले उमेरै नपुगी बच्चा जन्माएका छन् । यस्तै खुदीमा २५, चक्रतिर्थमा २४, धमिलिकुवामा २१, चिसंकुमा १९ र रम्घामा १८ जनाले उमेर नपुगी बच्चा जन्माएको तथ्याङ्कले देखाउँछ । अन्य स्थानमा समेत सोहि संख्यामा उमेर नै नपुगी बच्चा जन्माउने रहेको तथ्याङ्कमा उल्लेख छ । यो संख्या झन झन बढ्दै गएको पब्लिक हेल्थ नर्स अधिकृत केसीले बताइन् ।

मुख्य शिक्षा र चेतनाकै कमीका कारण यो समस्या बढीरहेको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । कम उमेरमा बच्चा जन्माउने सँगै जिल्लामा असुरक्षित गर्भपतन गर्नेको संख्या समेत उल्लेख रहेको उनले जानकारी दिए । बढी मात्रामा जिल्ला बाहिर गएर असुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या बढेको पाइएको छ ।

‘सरकारले यस समस्यालाई न्युनिकरण गर्न पाठ्यक्रममा समेत स्वास्थ्य सम्बन्धी गतिविधिलाई समेट्दै आएको छ, हामिले पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरु समेत गाउँ गाउँ सम्म पुर्याएका छौँ, तरपनि समस्या सल्टिनुको साटो झन बढेको छ ।’ जनस्वास्थ्य प्रमुख चापागार्ईंले भने । पहाडी लमजुङ जिल्लामा हरेक बर्ष यो समस्या बढ्दै गएको छ ।

पाच ठाउँबाट सुरक्षित गर्भपतन सेवा
लमजुङ जिल्लामा पाच स्थानबाट सुरक्षित गर्भपतन सेवा विस्तार गरिएको छ । यसअघि सदरमुकाम बेसीशहरमा रहेको जिल्ला मोडल अस्पतालले मात्र सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यलयले भदौ महिनाबाटै थप चार स्थानबाट सुरक्षित गर्भपतन सेवा सुचारु गरेको हो । सुरक्षित गर्भपतन सेवा विस्तार भएकाहरु सुन्दरबजार अस्पताल, धमिलिकुवा स्वास्थ्य चौकी, खुदी स्वास्थ्य चौकी र चिसंकु स्वास्थ्य चौकी रहेको छ ।

उत्त अस्पताल तथा स्वास्थ्य चौकीमा दक्ष प्रसुतिकर्मीद्धारा सुरक्षित गर्भपतन सेवा प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत अम्विका केसीले बताइन् । सेवा प्रदान सँगै नागरिकहरुलाई आफ्नै ठाउँमा सुरक्षित तरिकाले सेवा पुगेको उनको भनाई छ ।

तालिमप्राप्त दक्ष प्रसुति कर्मीलाई मात्र उत्त स्वास्थ्य संस्थाहरुमा परिचालन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । हाल जिल्लामा २७ स्थानमा प्रसुति सेवा सञ्चालन भएको छ । जस्मध्ये ४ स्थानबाट मात्र सुरक्षित गर्भपतन सेवा विस्तार गरिएको हो । पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर गर्भबती सेवा लिनेहरु बढेको समेत कार्यालयको तथ्याङ्कले देखाउँछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: