अदालतको फैसला कार्यान्वयन भएनन् ।


प्रकाशित मिति :2016-11-28 14:39:27

यमुना खनाल

अदालतको फैसला देखाउदै लिला शाह ।

अदालतको फैसला देखाउदै लिला शाह ।

सिरहा । लहान नगरपालिकाकी रेखा शाहले दिएको बहु बिबाह बिरुद्धको मुद्धा अदालतले रेखाकै पक्षमा फैसला गर्यो । लहान बजारमा रहेको एक कठ्ठा जग्गा, घरको आधा फाँट ,दाईजोमा ल्याएको सामान पाउने गरी अदालतले फैसला गर्यो भने श्रीमान्लाई एक बर्ष कैद सजाय , १२ हजार रुपैया जरिमाना गर्ने फैसला गर्यो ।

अहिले उनका श्रीमान जिल्ला कारागार सिरहामा जेल सजाय भुक्तान गरी रहेका छन् । तर श्रीमान् जेल गएपनि अदालतले फैसला गरे अनुसारको अंश र सम्पत्तिको हक भोग गर्न पाएकी छैनन् ।

‘श्रीमानको धम्की, सौता र सासुको कुटपिटले गर्दा उनले अदालतले सुनाए अनुसार सम्पतिमा भोगचलन गर्ने पाएकी छैन ।’उनले भनिन्
त्यस्तै सिरहाको नहरा रिगौल गाबिसकी लीला देवी शाहको अबस्था पनि उस्तै छ । बहुबिबाह बिरुद्ध सिरहा जिल्ला अदालतमा हालेको मुद्धा गत बैशाख २९ गते उनको पक्षमा फैसला भयो । उनलाई माना चामल दिने ,श्रीमान्लाई एक बर्ष सम्म कैद सजाय र नगद २५ हजार जरिमाना गर्ने फैसला गर्यो ।

 रेखा शाह । २.

रेखा शाह ।

तर श्रीमान् खुलेआम घुमी रहेका छन् । आफुलाई मार्नेे धम्की दिने गरेको उनी वताउछिन् । उनले अदालतले गरेको फैसला कार्यान्वय नहुदा आफन्तको घरमा बस्दै आएकी छन् । ‘कहिले काही गाउँ गए लाठी भाला लिएर श्रीमान् र जेठाजुले खेदाउने छन् । ’ लीलाले भनिन्
आर्थिक बर्ष ०७१०७२ मा जिल्ला अदालत सिरहामा महिला हिंसा सम्बन्धि एक सय ९५ वटा मुद्धामा एक सय ३४ वटा मुद्धा फैसला भए । सबैभन्दा बढी सम्बन्ध बिच्छेदका ६५ वटा मुद्धामा ४४ वटा मुद्धा फैसला भए । नाता कायमका लागि ५४ वटा मुद्धा परेकामा ५० वटा मुद्धा फस्यौट भएको छ । भने बहुबिबाहका ५ वटा मुद्धा भएकोमा दुई वटा फस्यौट भएको छ ।

बहु बिबाहको दुई वटा मुद्धा फैसला भएपनि कार्यान्वयन नहुदा पिडितले न्याय पाउन सकेका छैनन् ।अदालतबाट फैसला भएका मुद्धामा दुबै पक्षलाई ७० दिन भित्र पुनराबेदन गर्ने अधिकार हुन्छ । पुनराबेदन गरेको गरेको अबस्थामा दुबै तहबाट मुद्धा फैसला नहुन्जेल कार्बाही प्रकृया अगाडी नबढ्ने सिरहा जिल्ला अदालतका श्रेष्तेदार बिनोद खतिवडाले बताए ।

अदालतले फैसला गरे बमोजिम भोग चलन गर्न नपाए , अदालतको फैसला कार्यान्वयन नभएको खन्डमा पुन पिडितले अदालतमा निवेदन दिनु पर्ने खतिवडा बताउछन् । अदालतमा फैसला कार्यान्वयन डेस्क हुन्छ । डेक्सले फैसला भएका मुद्धा कार्यन्वयनमा समस्या आए उसले स्थलगत अध्यायन गरी ,कार्यान्यन गराउछ । तर यी मुद्धामा अदालतले गरेको फैसलाको कार्यन्वयन नभएको निवेदन नपरेकाले आफुहरुलाई यी बिषयमा जानकारी नभएको खतिवडा बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: