घरपरिवारवाटै शारीरीक र मानसिक हिंसा बढी


प्रकाशित मिति :2016-11-28 16:41:11

महिला खबर
ललितपुर । सुनसरी नरसीङकी पवित्र देवि उरावले विवाह गरेको ९ वर्षसम्म पनि श्रीमान स्विकार नगरेको वताईन् । ‘ विवाह गरेको ९ वर्ष विति सक्दा पनि श्रीमानले लाउन खान दिदैनन् र गर्भमा रहेको बच्चा पनि स्विकार नगरेकाले न्यायका लागि उजुरी गरेको हुँ। ’

सुनसरी सत्यजोराकी बबिता शाहले अदालतवाट अशं भोगचलनका लागि गरेको फैसला श्रीमानले भोगचलन गर्ने नपाएको वताउछिन् । उनी भन्छिन् ‘ अदालतबाट अशां जितिसकेपछि पनि श्रीमानले अन्नवाली लान दिएका छैनन् र अझै पनि कुट्ने पिट्ने तथा यातना दिने गर्दछन्। ’
रेडियो पत्रिका– नसुनिएका आवाजका अनुसार यि घटना लैगिक हिंसा विरुद्धको १६ दिने अभियान देशभर चलिरहदा जिल्ला प्रहरी कार्यालय सुनसरीमा आफुले न्याय पाउनका लागि उजुरी हाल्न आएका महिलाहरुको हो । सुनसरी जिल्ला प्रहरी कार्यलयमा आएका उजुरीहरु धेरैजसो घरेलु हिसां , वालविवाह, बोक्सी, दाइजो र अन्य समाजिक हिसांका रहेको रेडियो पत्रिका– नसुनिएका आवाजका वताएको छ ।

सुनसरी जिल्ला प्रहरी कार्यालय मा चालु आर्थिक वर्षमा ४१ वटा महिला हिंसाका उजुरी परेको रेडियो पत्रिका– नसुनिएका आवाजले जनाएको छ । ति मध्ये अधिकांश घटना श्रीमान् बैदेशिक रोजगारीमा गएका बेला सासु,ससुरा,जेठाजु देवरवाट कुटपिट गालीगलौज र घरनिकालाका गरेका उजुरी छन् । यस्तै महिला तथा वालवालिका कार्यालयमा भने चालु आर्थिक वर्षको साउन यता महिला माथि गरिएका विभिन्न हिंसाका ९३ वटा घटनाहरु दर्ता भएका छन् । यि उजुरीहरुमा पनि शारिरिक तथा मानसिक यातानाका पाएका छन् ।

महिला माथि भएका हिंसाका घटनाहरु कतिपय गाँउमा मिलाउने गरिएको छ । गाउँमा मिलापत्र गर्न नसकिएका घटनाहरु भने स्थानीय महिला समुह, निगरानी समुह, महिला संजाल लगायतको सहयोगमा समवन्धित निकाय सम्म पुग्ने गरेका छन ।

रेडियो पत्रिका– नसुनिएका आवाजको रिपोट अनुसार प्यारा लिगल कमिटि सुनसरीको स्थापना काल २०५६ साल पछि १४ हजार महिला हिसांका घटनाहरु आएका छन् । प्यारा लिगल कमिटि सुनसरीकी अध्यक्ष ईनु अधिकारीले सुनसरीमा शिक्षित/  अशिक्षित हरेक परिवारमा महिला हिंसा भइरहेको वताईन् । उनका अनुसार विवाह अघि दिइने तिलक र दाइजोका कारण विवाह पछि यातना दिने गरेको वताईन् ।

इरीकनकी सुनसरी जिल्ला सांयोजकका अनुसार लैगिक हिंसा विरुद्धको १६ दिने अभियान अवधिमा लैगिक हिंसा सम्बन्धि जनचेतना बढाउन तथा महिलालाई न्यायमा पहुँच बढाउँन सुनसरी जिल्लाका १० ‍‌ओटै न्यायाधिसहरुको संनग्लनतामा स्थानिय जनता सँग कार्यक्रम गर्ने आयोजना बनाएको छ । जसमा स्थानिय मानिसहरुले न्यायमा कसरी पुग्न सकिन्छ भन्नेबारे थाहा पाउनेछन्।

लिंगका आधारमा कुनै पनि महिला माथि गरिने विभिन्न किसिमका गालीगलौज, कुटपिट, लाल्छना, शारिरिक तथा मानसिक याताना, वलत्कार लगायतलाई लैगिंक हिंसा भनेर बुझिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: