मोरङमा सवैभन्दा धेरै र तेह्रथुममा सवैभन्दा थोरै उजुरी


प्रकाशित मिति :2016-11-29 11:27:24

लिलाराज भट्टराइ
सुनसरी । पूर्वका १६ जिल्लामध्ये मोरङमा सवैभन्दा धेरै हिंसाका घटना भएको एक तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्ष गत साउनदेखि कातिक मसान्तसम्म मोरङमा प्रहरीमा ४ सय ४८ महिला हिंसाका उजुरी दर्ता भएको छ । सो अवधिमा पूर्वका अरु १५ जिल्लामा ५ सय ४५ वटा महिला हिंसाका उजुरी दर्ता भएको तथ्याङ्क छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका अनुसार चार महिनामा पूर्वका १६ जिल्लामा ९ सय ९३ वटा महिला हिंसाका उजुरी दर्ता भएका हुन् । सवै भन्दा वढी मोरङ जिल्लामा र त्यसपछि सप्तरीमा १ सय ५६ वटा महिला हिंसाका उजुरी प्रहरीमा दर्ता भएका छन् । सवैभन्दा कम तेह्रथुममा २ वटा मात्र छन् । झापामा ६६ सिराहामा ४४ र इलामामा पनि ४४ वटै उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनसरीमा ४०, खोटाङमा ३२, र धनकुटामा २९ वटा महिला हिंसाका उजुरी परेको छ । यो अवधीमा पहाडी जिल्ला ओखलढुंगामा ५७, भोजपुरमा २५, पाँचथरमा २२, संखुवासभामा १२, ताप्लेजुङ ८, उदयपुरमा ५ र सोलुखुम्वुमा ३ वटा महिला हिंसाका उजुरी प्रहरीमा दर्ता भए ।

गतवर्ष पनि मोरङ मै सवैभन्दा वढी महिला हिंसाका उजुरी परेका थिए । मोरङमा गतवर्ष १६ सय ८७ वटा महिला हिंसाका घटना दर्ता भएका थिए । यसैगरि झापामा ७ सय ७४, ओखलढुङ्गामा ६ सय २२, खोटाङमा ३ सय ६३ महिला हिंसाका उजुरी परेका थिए । गतवर्ष पूर्वाञ्चलमा महिला भएके कारण ४५ सय ९८ वटा शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहमविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापाका अनुसार मोरङ जिल्लामा बिभिन्न संघसंस्थाको सकृयता वढेका कारण न्यायको पहुँचमा जानेको संख्या वढेको छ । उहाँका अनुसार जिल्लाको जनसंख्या अनुसार मोरङमा धेरै हिंसाका घटना आएको उहाँको बुझाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: