एक वर्षमा सय भन्दा धेरै महिला बेपत्ता


प्रकाशित मिति :2016-11-29 12:35:03

सुमित्रा कोइराला

उदयपुर । उदयपुरमा गएको आर्थिक वर्षमा मात्र १ सय ६ जना महिला बेपत्ता भएका छन् । ०७२ असार मसान्तबाट ०७३ असार मसान्तसम्मको समय अवधिमा बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याकंमा १ सय ४५ जना महिला हराएको उजुरी परेकोमा ३१ जना मात्र फेला परेका छन् ।

आव ०७२/०७३ को तथ्याकंमा उदयपुरमा जम्मा २ सय १७ जना हराएका र यीमध्ये ६० जना मात्र फेला परेका छन् भने १ सय ५७ जनाको अझै प्रहरीको खोजतलासको सूचीमा छन् ।

यसरी हराउनेमा बढी महिला र बालबालिका छन् । जसमा बालिका ३७ जना हराएकोमा १२ जना फेला परेका छन् भने ८ जना बेपत्ता छन् । हराएका १२ जना बालकमा ४ जना फेला परे भने ८ जनालाई प्रहरीले खोजिरहेको छ ।

यसैगरी पुरुष ३७ जनामा ५ जना फेला परेका छन् भने १८ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला तथा बालबालिका शाखाकी प्रमुख उमा गुरुङले जानकारी दिईन् । गुरुङका अनुसार महिला कोही भागेर विवाह गरेर जाने र पछि परिवारमा सम्पर्कमा आउँदा प्रहरीलाई जानकारी नदिनाले पनि महिलाको संख्या उच्च भएको हो । कति महिला भागेर भारत हुँदै विदेशिने पनि छन् । विदेशिने महिला पनि पहिला हराएको उजुरी आउने र पछि परिवारको सम्पर्कमा आउने गरेको गुरुङको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: