महिला खबर
महोत्तरी । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । बालिका बलात्कार गरेको आरोपमा महोत्तरीको गौशाला नगरपालिकाका १८ वर्षीय कुमार भुजेललाई पक्राउ गएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिनुभयो ।
गत कात्तिक १६ गते साँझ घर नजिकै खेलिरहेकी बालिकालाई नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेको आरोपमा १७ गते पक्राउ परेका अभियुक्तविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अभियुक्तलाई अदालतले जलेश्वर कारागारमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।
Comment Here!