जाहेरी नलिएको भन्दै प्रहरीविरुद्ध सर्वोच्चमा रिट


प्रकाशित मिति :2016-11-29 16:35:29

महिला खबर
काठमाडौं । हदम्याद गुज्रेको भन्दै लमजुङमा १२ वर्षीया बालिका बलात्कार भएको घटनाको जाहेरी प्रहरीले नलिएपछि केही अधिकारवादी संस्थाले यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आफ्नै शिक्षकबाट एकवर्षसम्म बलात्कृत भएकी ती बालिकाको घटना शिक्षक सरुवा भएर गएपछिमात्र सार्वजनिक भएको थियो । बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको समय छ महिना गुज्रिएकाले हदम्याद नाघेको भन्दै गत असोजमा जिल्ला प्रहरी कार्यालय मुस्ताङले जाहेरी दरपीठ गरेको भन्दै जुरी नेपाललगायतका संस्थाले सर्वोच्चमा रिट दायर गरेका हुन् । बालिकालाई यौन रोगलगायत अन्य समस्या भएर उपचारका लागि लैजाने क्रममा यो घटना बाहिर आएको थियो । रिट निवेदनमा कानुनी सक्षमताको उमेर पुरा नगरेका जर्वजस्ती करणीका पीडितको हकमा यो हदम्याद लागु नगर्न अर्थात कानुनी सक्षमताको उमेर पुरा नगर्दासम्म निश्कृय तथा निलम्बित अवस्थामा रहेको घोषणा गर्न माग गरिएको छ ।

बालिका १६ वर्ष पुगेपछिमात्र हदम्याद लाग्नेगरि कानुनको पुर्नव्याख्या गर्नसमेत रिट निवेदनमा माग गरिएको छ । यस्ताखाले गम्भीर अपराधमा समेत हदम्यादको वहाना बनाइ उजुरी नलिनु न्यायमा पहुँच पुर्‍याउने राज्य कै दायित्व विपरीत भएकाले यस्ताखाले घटनामा भएका कानुनी व्यवस्थालाई पुर्न व्याख्या गरिनुपर्ने अधिवक्ता शशी बस्नेतले बताउनुभयो । रिटमा महिला तथा बालवालिका विरुद्ध हुने बलात्कारलगायतका यौनहिंसा तथा अपराधको जाहेरी दर्खास्त तथा सूचना यथासिघ्र दर्ता गरिए नगरिएको, प्रभावकारी फौजदारी अनुसन्धान तथा अभियोजन भए नभएको शुन्यसहनशिलता तथा लैंगिक संवेदनशिलता अपनाए नअपनाइएको बारे अनुगमनका लागि विशेष संयन्त्र स्थापना गर्न परमादेशको माग पनि गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: