७० नाघेका बृद्धालाई न्यानो कपडा


प्रकाशित मिति :2016-11-30 11:58:28

सर्मिला बुढाथोकी

वितरणको लागि राखिएको न्यानो कपडा

वितरणको लागि राखिएको न्यानो कपडा

दोलखा। गतवर्षको विनाशकारी भुकम्पका कारण टहरामा बस्न बाध्य दोलखाका भुकम्प पिडितहरु चिसो बढेसँगै प्रभावित भएका छन् । चिसोबाट थोरै भएपनि राहत मिलोस भन्ने उदेश्यले भुकम्प प्रभावित दोलखा झ्याकु गाविसका १ सय २२ जना बृद्धाहरुलाई स्नेह केन्द्र दोलखाले न्यानो कपडा वितरण गरेको छ । केन्द्रकी कर्मचारी सर्मिला थापाका अनुसार केन्द्रले विशेषगरि उमेरले ७० बर्ष नाघेका बृद्धाहरुलाई न्यानो कपडा चोलो, ब्ल्याङ्केट र पछ्यौरा वितरण गरेको हो ।

न्यानो कपडा बाँड्दै स्नेह केन्द्रकी सर्मिला थापा

न्यानो कपडा बाँड्दै स्नेह केन्द्रकी सर्मिला थापा

चिसोका कारण खासगरि बृद्ध बृद्धा र बालबालिकाहरु समस्यामा पर्ने भएकोले सरकारले तत्काल स्थायी आवास निर्माण गर्ने तथा न्यानो कपडा वितरण गर्ने अभियानलाई नीतिगत रुपमा नै अगाडि बढाउनु पर्ने थापाले बताईन ।

दोलखा जिल्लामा भुकम्पबाट ८० हजार भन्दा बढी घर क्षति भएपनि डेढ बर्षको अवधिमा १० प्रतिशत घर पनि पुर्ननिर्माण हुन सकेको छैन । भुकम्प पीडितको आवास निर्माणमा सरकारले चासो नदेखाए पछि दोलखाका भुकम्प पीडितहरु यो वर्षको हिउँद पनि चिसो टहरामै विताउन बाध्य भएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: