महिला नेता भन्छन्, पार्टीभित्र महिलालाई अवसर छैन


प्रकाशित मिति :2016-11-30 14:10:54

महिला खबर

dsc_1937

काठमाडौं। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिका सभापति तथा एमाले नेता रञ्जुकमारी झाले दलभित्र नेतृत्व तहमा पुग्ने महिलाको संख्या बढेपनि उनीहरुलाई निश्चित जिम्मेवारीमा सिमित राख्ने प्रवृति रहेको बताउनुभयो ।

जागरण नेपालले आयोजना गरेको ‘राज्य र प्रमुख राजनीतिक दलहरुका नीतिहरुमा लैङ्गिक समानताको अवस्था पुनरावलोकन’ नामक कार्यक्रममा बोल्दै सभापति झाले खासगरि राजनैतिक दलहरुले महिला नेतालाई एउटै काममा सिमित राख्ने गुनासो गर्नुभयो । पार्टीभित्र पुरुष सदस्यहरुलाई विभिन्न जिम्मेवारी सुम्पेपनि महिलालाई त्यस्तो नगरिने उहाँको अनुभव छ ।

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस सांसद कमला पन्तले राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशीला कार्कीलाई समेत सम्मिलित गरि महिला सहभागिताका विषयलाई बहसमा ल्याउनुपर्ने बताउनुभयो । संसद पन्तले भन्नुभयो ‘देशको प्रमुख पदमा बस्ने उहाँहरु जस्तो व्यक्ति लैङ्गिक समानताको लागि कति पटक एकै ठाँउमा बस्नु भयो, सोध्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका सांसद तथा अनेम संघ क्रान्तिकारीका पूर्व संयोजक धर्मशिला चापागाईंले स्थानीय स्तरबाट महिलाको नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो । यसैगरि सांसद चन्दा चौधरीले राजनीति दलका घोषणापत्र सहभागिताका हिसावले राम्रा भए पनि कागजमा मात्र सिमित भएकोले त्यसलाई व्यवहारमा लागु गर्न प्रयास गर्नुपर्ने सुझाउनुभयो ।

गैर सरकारी संस्था महासंघका अध्यक्ष गोपाल लम्सालले सामाजिक संघसंस्थाको नेतृत्वमा महिला पुगे पनि राजनीतिक नेतृत्वमा पुग्न नसकेको बताउनुभयो । सोही अवसरमा, काठमाडौं स्कुल अफ लका सहायक प्राध्यापक मिलन धरेलले राज्य र प्रमुख राजनीतिक दलका नीतिहरुमा लैङ्गिक समानताको अवस्थाका बारेमा कार्यपत्र समेत प्रस्तुत गर्नुभयो । यसैगरि, कार्यक्रम आयोजक जागरण नेपालका तर्फबाट निवर्तमान अध्यक्ष शर्मीला कार्कीले राज्यका प्रत्येक निकायमा लैङ्गिक समानता कायम गर्न र आफ्नो हकको लागि निरन्तर लाग्न सबै महिलालाई आग्रह गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: